अमेरिका जान ६० लाख बैंक ब्यालेन्स देखाउनुपर्ने भनी ठग्ने गर्ने दुई जना पक्राउ



काठमाडौं । अमेरिका जानका लागि ६० लाख रुपैयाँ बैंक ब्यालेन्स देखाउन पर्ने भनी ६० लाख रुपैयाँ ठगाी गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उक्त ठगीमा संलग्न बाग्लुङका रामचन्द्र कुँवर र काभे्रपलाञ्चोकका गणेश लामालाई पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार ३४ वर्षिय रामचन्द्र कुँवर बाग्लुङ नगरपालिका वडा नं २ पयुपाटाका हुन भने गणेश लामा काभ्रेपलाञ्चोकको चौउरे देउराली गाउँपालिकाका हुन् ।

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ३ घर भई हाल का।ठमाडौंको तारकेश्वरमा बस्ने ३७ वर्षिय सानुमाया लामालाई रामचन्द्र कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स देखाउनु पर्ने भनी बिभिन्न प्रलोभनमा पारी रकम ठगेका थिए । उनले प्राईम बैकका खाताबाहक रामचन्द्र कुँवरको खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलिपल्ट प्राईम बैकको शाखा चावहिल ,नयाँबानेश्व र ,कोटेश्वर, सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी रकम निकालेका थिए । ठगी गरी सम्पर्क विहिन भएको उजुरी परेपछि प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई भक्तपुर ठिमी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले अन्य ३ जना समेतवाट ७० लाख लिई ठगी गरेको खुल्न आएको साथै सोही प्रकृतिका घटनाहरु पुनः दोहोरिन सक्ने सम्भावना रहेकाले सजग रहन प्रहरीले सबैलाई आग्रह गरेको छ ।


क्लिकमान्डु