मेलम्ची खानेपानी आयोजनाको श्वेतपत्रः असारसम्म सुन्दरीजलमा पानी आउँछ



काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आगामी असार मसान्तसम्म मेचम्लीको पानी सुन्दरीजलसम्म आईपुग्ने बताएकी छिन् । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको श्वेतपत्र सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।

हालसम्म आयोजनाको समस्टिगत भौतिक प्रगति ९५.१२ प्रतिशत र वित्तीय प्रगति ८९.७० प्रतिशत भएको बताएकी छिन् ।

यता मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले अहिलेसम्म सुरुङ सम्पन्न तथा अस्थायी रुपमा पानी डाईभर्सनका लागि नयाँ नियुक्त निर्माण व्यवसायी सिनोहाईड्रोबाट भएको साइट व्यवस्थापन तथा निर्माण कार्य सन्तोषजनक रहेको बताए ।

आयोजनाबाट सिएमसी सँग आबद्ध श्रमिकहरुको भुक्तानी हुन नसकी बाँकी रहेको ज्याला २ करोड ९६ लाख भुक्तानी भएको छ । जसले गर्दा आयोजनाको काम गर्न सहज भएको खत्रीको भनाई छ । यतिबेला आयोजनाले आयोजना कार्यान्वयनको तालिका परिमार्जन पनि गरेको छ ।

आव २०७६/०७७ मा पानी पथान्तरण अन्तर्गत कफरड्याम निमार्ण तथा वैकल्पिक पाईप भाईभर्सन संञ्चालन गर्ने, यो अवधिमा १४ वटा गेट जडान गर्ने, मुख्य सुरुङको फिनिसिङ इन्भर्ट ८ सय मिटर र त्यसको सपोर्ट, भेन्ट साफ्ट जडान, अडिट सुरुङमार्ग, अनुगमन उपकरण जडान प्यानल बोर्ड,सेन्सर, बाल बुसिङ्स, केबल्सको निर्माण हुने भएको छ ।

यस्तै सुन्दरिजल पोर्टल देखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको कार्य र सुरुङको परीक्षण तथा सञ्चालन हुने उल्लेख छ ।

यस्तै आव २०७७/०७८ मा कफरड्याम निर्माणसँगै बाँधेको निर्माण सम्पन्न गर्ने। इन्टेक तथा पुल निर्माण सम्पन्न हुने श्वेतपत्रमा उल्लेख छ ।

अडिट सुरुङको १५ सय मिटरको फिनिसिङ हुने, डेडवक्र्समा अनुगमन उपकरण जडान, सेन्सर, प्यानलबोर्ड केबल्स हेडवक्ससम्पन्न गर्ने उल्लेख छ । यस्तै उक्त अवधिमा हेडवक्र्सको परीक्षण र हेडवक्र्स तथा सुरुङको सञ्चानल पनि आउने छ ।


क्लिकमान्डु