अनलाइन सपिङ कम्पनी दराजले ठगी गरेको पुष्टी, ३ लाख रुपैयाँ जरिवाना



काठमाडौं । अनलाइन सपिङ कम्पनी दराजले उपभोक्तालाई ठगेको पुष्टी भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग दराजलाई उपभोक्तालाई कारोबारको अनुमति नलिएको र सरोकारवालाको गुनासो नसुनेको भन्दै ३ लाख रुपैयाँ आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनलाइन कारोबार गर्ने अनुमति नलिई कारोबार गरेको र गुनासो नसुनेकाले कारबाही गरिएको बताए । उनले कम्पनीले कार्गो व्यापारको रुपमा दर्ता गरेर दराजले कारोबार गरेको देखिएकोले बताए ।

कम्पनीबाट उपभोक्ता ठगिएको निकै नै गुनासो गनेृ गरेका छन् ।


क्लिकमान्डु