मोदी सरकारलाई प्रश्न गरेको दुई महिनापछि राहुल बजाजले कार्यकारी अध्यक्ष पद छाडे



नयाँ दिल्ली । राहुल बजाजले बजाज अटोको कार्यकारी अध्यक्ष पद छाड्ने भएका छन् । ८१ वर्षे राहुलको कार्यकाल मार्च ३१ २०२० बाट सकिने छ ।

त्यसपछि बजाज कम्पनीको गैर कार्यकारी संचालकको भूमिका रहने छन् । त्यसपछि उनले कम्पनीले लिने फैसलामा निर्णय लिने छैनन् ।

बजाज अटोले यसको बारेमा जानकारी दिएको छ । बजाजको कार्यकारी अध्यक्षमा सन् २०१५ मा उनी नियुक्त भएका छन् । कम्पनीले राहुलको केही प्रतिबद्धताको कारण कार्यकारी भूमिकामा काम नगर्ने बताएको छ ।

८१ वर्षे उद्योगपति बजाजको एक प्रश्न, जसले भारतमा मोदी सरकारलाई हल्लाइदियो

सन् १९६५ मा उनले बजाज ग्रुपको जिम्मेवारी समालेका थिए । उनको नेतृत्वमा बजाज अटोको कारोबार ७.२ करोड भारुबाट १२ हजार करोडसम्म पुगेको थियो । स्कुटर बेच्ने कम्पनी भारतको अग्रणी कम्पनी बनेको थियो । राहुलले आफ्नो छोरा राजीव बजाजलाई कम्पनीको नेतृत्व हस्तान्तरण गरेका छन् । कम्पनीको प्रवन्ध निर्देशक पदमा राजिव कार्यरत रहेका छन् । भारतमा मात्र नभएर बजाजलाई अन्तराष्ट्रिय रुपमा व्यापार बढाउने काम उनले गरेका थिए ।


क्लिकमान्डु