८१ वर्षे उद्योगपति बजाजको एक प्रश्न, जसले भारतमा मोदी सरकारलाई हल्लाइदियो



‘उद्योगपति मोदी सरकारसँग डराउँछन, जब यूपीए–२ को सरकार थियो तब पनि हामी कसैको आलोचना गर्दथ्र्यौ । तर अहिले हामीलाई के विश्वास छैन भने यदि हामी खुला रुपमा आलोचना गर्यौं भने के तपाईले यसलाई राम्रो मान्नुहुन्छ ?’ भारतका केही नाम चलेका उद्योगपतिमध्येका एक बजाज समूहका प्रमुख राहुल बजाज भारतीय गृहमन्त्री अमित शाहलाई सार्वजनिक रुपमा सोधेको यो प्रश्न अहिले भारतीय राजनीतिमा गर्मराएको छ ।

उनको उक्त प्रश्नपछि ८१ वर्षिय राहुल बजाजका बारेमा कैयन कुराहरु सामाजिक सञ्जालमा लेखिएका छन् । एकथरीले उद्योगपतिले सरकारको विरुद्ध बोलेको भन्दै उनको प्रसंशा गरेका छन भने अर्कोथरीले भने राजनीतिक पूर्वाग्रहका कारण बोलेको भन्दै आलोचना समेत गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा राहुल बजाजले पहिले नै बोलेको भिडियो सेयर भइरहेको छ जसमा उनले मनपर्ने प्रधानमन्त्री जवाहरलाल नेहरु भएको भन्दै भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको प्रसंशा गरेका छन् ।

तर दक्षिणपन्त्री विचार राख्ने बेजीपी सरकारका समर्थकहरु यस भिडियोका आधारमा राहुल बजाजलाई कांग्रेसको चापलुस बताइरहेका छन् । तर उनीहरुले के भुलेका छन भने सन् २००६ मा राहुल बजाज बेजीपी, एनसीपी र शिवसेनाको समर्थनमा निर्दलिय रुपमा राज्यसभा सदस्य चयन भएका थिए । बजाजरले अविनाश पाण्डेलाई १ सयभन्दा बढी मतले हराएका थिए । पाण्डे कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार थिए ।

जुन समय राहल बजाजले मुलुकको आर्थिकस्थितीलाई लिएर उद्योगीहरुको चिन्ता तथा उनका कथित भयमाथि टिप्पणी गरे तब अमित शाहले जवाफ दिँदै कोही पनि डराउनु नपर्ने र कोही डराउन नचाहेको समेत बताए ।

तर के विजेपी समर्थकहरुले राहुल बजाजको आलोचनात्मक टिप्पणीलाई हल्ला मचाएर गृहमन्त्री शाहको जवाफलाई हल्का बनाएका छन भन्ने प्रश्न अहिले उठेको छ ।

यस प्रश्नको जवाफमा भारतका वरिष्ठ पत्रकार टी के अरुणले भने, ‘यो नयाँ ट्रेन्ड बनिसकेको छ, आलोचनापछिको भावना देख्दैनन, उनीहरुलाई आवाजको विरुद्ध हंगामा मचाइरहेका छन् ।’

बजाजले जुन टिप्पणी गरिरहेका छन्, त्यो यस कारण पनि महत्वपूर्ण छ कि कसैले केही बोल्यो भने त ठीकै हो, नत्र सीआईआईको बन्द कोठाको बैठकमा उद्योगपतिहरु केही समययता उनीहरु खुलेर कुरा गर्न हिच्किचाउँछन् ।

महात्मा गान्धीका पाँचौ पुत्र

जुन १९३८ मा जन्मिएका राहुल बजाज भारतका प्रमुख उद्योगी घरानाका परिवारका सदस्य हुन । जसको भारतका पहिलो प्रधानमन्त्री जवाहर लाल नेहरुसँग राम्रो सम्बन्ध थियो ।

उनका हजुरबुबा जमनालाल बजाजले सन् १९२० को दशकमा २० भन्दा बढी कम्पनी भएको बजाज कम्पनी समूहको स्थापना गरेका थिए । सार्वजनिक रुपमा उपलब्ध सूचनाका आधारमा राजस्थानको मारवाडी समूदायबाट आएका जमनालाललाई कुनै नातेदासले गोद लिएका थिए । यो परिवार महाराष्ट्रको बर्धामा रहन्थ्यो त्यसैले जमनालालले आफ्नो व्यापार बर्धाबाटै चलाए । पछि महात्मा गान्धीसँगको सम्पर्कमा भए र उनका लागि जमनालालले आफ्नो जमिन पनि दान दिए ।

जमनालाल बजाजका ५ जना बच्चा दिए । कमलनयन सबैभन्दा जेठा थिए । त्यसपछि तीन बहिनीपछि रामकृष्ण बजाज जन्मिएका थिए । राहुल बजाज कमलनयन बजाजका जेठा छोरा हुन् । राहुलका दुबै छोराहरु राजीव र सञ्जिव अहिले बजाज ग्रुपको ठूलो कम्पनी सम्हाल्छन् । केही अन्य कम्पनीलाई राहुल बजाजका भाइले सम्हाल्छन् ।

बजाज परिवारलाई नजिकबाट चिन्नेहरुले जमनालाललाई महात्मा गान्धीका ५औं पुत्र समेत भनिन्छ । जसका कारण नेहरुले समेत जमनालाललाई सम्मान पनि गर्दथे ।

सन् २०१४ मा जब भारतको प्रधानमन्त्री पदमा नरेन्द्र मोदी आए । तब शपथ लिने समयमा बजाजले मोदीबाट आफू निकै आशावादी भएको बताएका थिए । तर पाँच वर्षपछि राहुल बजाजको सोचमा निकै परिवर्तन आयो ।

अर्थशास्त्री मोहन गुरुस्वामी यस विषयमा आफ्नो भनाइ राख्दै भन्छन, ‘भारतीय उद्योगपतिलाई मनमानी ढंगले व्यापार गर्ने बानी भइसकेको थियो, भारतमा छुट लिएर विदेशमा लगानी गर्ने परिपाटी जस्तै थियो, मानिसहरु ऋण चुक्ता गर्न इमान्दार थिएनन, केही कानून कडा बनाउने विषयलाई उनीहरुले डरको नाम दिइरहेका छन् ।’

उनले लगातार कमजोर भइरहेको जीडीपीको नम्बर र अर्थव्यवस्थामा सुस्तीका आधार बनाएर उद्योगपति पहिले नै सरकारसँग कर्पोरेट ट्याक्स छुट लिइसकेको बताउँदै उद्योगपति अहिले ब्याकफुटमा चलिरहेको सरकारसँग कुनै नयाँ योजनाको माग गरिरहेका छन् ।’ एजेन्सी


क्लिकमान्डु