एयर इण्डिया टाट पल्टिँदा एयर इन्डिगोको नाफा १६८%ले बढ्यो, ३ महिनामै १२ वटा जहाज थप्यो



 एयर इन्डिगोको नाफा १६८ प्रतिशतले बढेको छ । अक्टोबर-डिसेम्बर महिनामा इन्डिगोको नाफा १६७.९ प्रतिशतले बढेर भारु ४९६ करोड पुगेको छ । गत वर्षको यसै अवधिमा भारु १८५.२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

सरकारी स्वामित्वको एयर इन्डिया टाट उल्टिएर बिक्री प्रक्रियामा रहेका बेला निजी क्षेत्रको एयर इन्डिगोको उत्साहजनक प्रगति देखिएको हो । कम्पनीले सोमबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

इन्डिगोले ८४ वटा शहरमा उडान भरिरहेको छ । कम्पनीले प्रतिकिलोमिटर उडानको आम्दानी १.२ प्रतिशतले अर्थात् भारु ३.८८ ले बढाएको छ । कम्पनीसँग २५७ वटा बिमान छन् । पछिल्लो ३ महिनामा मात्रै कम्पनीले १२ वटा एयरक्राफ्ट थपेको छ । र, २३ स्थानमा विदेशी उडान थपेर ८४ शहरमा उडान भरिरहेको छ ।


पुष्प दुलाल