भारतीय सेयर बजारका टाइकुन राकेश झुनझुनवाला इन्साइडर ट्रेडिङमा फसे



भारतीय सेयर बजारमा राकेश झुनुझुनवाल परिचित नाम हो । सेयर बजारमा लाग्नेहरुको लागि उनी सेयर बजारका गुरुपनि हुन् ।

पछिल्लो समय झुनुझुनवाल इन्साइडर ट्रेडिङमा फसेका छन् ।

भारतको सेयर बजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज अफ इन्डिया(सेबी)ले एप्टेक लिमिटेडको सेयर कारोबारको बारेमा जाँच गरेको छ ।

यो एजुकेशन कम्पनी झुनझुनवाल र उनको परिवारको हो । सेबीले यो परिवारका अन्य सदस्यको भूमिकाको विषयमा पनि जाँच गरेको छ ।

सेयर बजारका चतुर खेलाडी राकेश झुनझुनवाला यसरी बने अर्बपति, यस्तो छ उनको सफलताको कथा

इकोनोमिक्स टाइम्सका अनुसार झुनुझुनवालाले नियमको उलंघन गरेर कारोबार गरेका छन् । सेबीले झुनुझुनवाला र उनको श्रीमति तथा भाई र परिवारका सदस्यको लागि पनि बयानमा बोलाएको छ ।

कुन कम्पनीको सेयर मूल्य बढ्छ र घट्छ भन्नेमा झुनुवाला सबैभन्दा बढी जानकार छन् । ब्लूमबर्गका अनुसार उनको पोर्टफोलियो ११ हजार १४० करोड भारतीय रुपैयाँ छ ।

२००६ मा एप्टेकको सेयर ५६ रुपैयाँमा खरिद गरेका थिए । अहिले सेयर मूल्य १७३ पुगेको छ । उनी भारतका ४९ औं धनी व्यक्तिमा पर्छन् । ऐजेन्सी


क्लिकमान्डु