चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति



काठमाडौं । दोस्रो चरणको चक्रपथ विस्तारका कलंकी-महाराजगञ्ज सडक खण्डमा जग्गा अधिग्रहण गर्नका लागि सरकारले स्वीकृति दिएको छ । मन्त्रिपरिषदको पुस १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यी हुन् मन्त्रिपरिषदले गरेका १४ निर्णय (सूचिसहित)

चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको दोस्रो चरणको चक्रपथ विस्तारका लागि कलंकी-महाराजगञ्जमा पर्ने धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्नका लागि जग्गा अधिग्रहण गर्नका लागि सरकारले स्वीकृति दिएको हो सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

चक्रपथ विस्तारको पहिलो चरणमा कलंकीदेखि काटेश्वरसम्म ८ लेनमा सडक विस्तार गरिएको थियो । दोस्रो चरणमा विस्तार हुने कलंकी-महाराजगञ्जको कुल लम्बाइ ८.५ किलोमिटरको हुनेछ ।

उक्त सडक खण्डमा एक/एक वटा अन्डरपास र ओभरपास बनाइनेछ । बालाजुमा ओभरपास र महाराजगञ्जमा अन्डरपास निर्माण गरिनेछ । अन्डरपास र ओभर पास भने ४ लेनका मात्रै निर्माण गरिनेछ ।

अहिले उक्त क्षेत्रमा रुख कटान तथा पोल सार्ने काम भइरहेको छ ।


क्लिकमान्डु