सार्क राष्ट्रको मानव विकास सूचांकमा नेपाल तेस्रो स्थानमा, अरु देशको कति ?



काठमाडौं । नेपाल मानव विकास सूचांकमा १४७औं स्थानमा रहेको छ । १८९ देशमध्ये नेपाल तीन वर्षदेखि निरन्तर १४७ स्थानमा रहेको हो । नेपालभन्दा एक स्थान अघि केन्या १४६ स्थानमा छ ।

नेपालले जम्मा ०.५७९ सूचांक प्राप्त गरेको छ ।

सार्क राष्ट्रका ८ वटा देशमा नेपालभन्दा पछाडि अफगानिस्तान र पाकिस्तान मात्रै छन् । जसमध्ये सबैभन्दा अग्रस्थानमा श्रीलंका ७१ स्थानमा छ । उसले ०.७८० सूचांक पाएको छ ।

त्यस्तै, मालदिभ्स १०४ स्थानमा छ । मालदिभ्सले ०.७१९ सूचांक प्राप्त गरेको छ । श्रीलंका र मालदिभ्सलाई उच्च मानव विकास सूचांकमा राखिएको छ ।

सार्क राष्ट्रमा नेपालसँगै बंगलादेश, भुटान र भारत मध्यम मानव विकासको सूचीमा छन् । जसमध्ये सबैभन्दा अगाडि भारत ०.६४७ सूचांकका साथ १२९ स्थानमा, भुटान ०.६१७ सूचांक प्राप्त गरी १३४ स्थानमा र बंगलादेश ०.६१४ सूचांक प्राप्त गरी १३५ स्थानमा छन् । १५२ स्थानमा रहेको पाकिस्तानले ०.५६० सूचांक पाएको छ ।

सार्क राष्ट्रमा सबैभन्दा तल अफगानिस्तान छ । जसलाई न्यून मानव विकास इन्डेक्सको सूचीमा राखिएको छ । अफगानिस्तान १७० नम्बरमा छ र उसले ०.४९६ सूचांक प्राप्त गरेको छ ।


क्लिकमान्डु