नेपथ्य कन्सर्टको अवसरमा ट्रायम्फ नेपालद्वारा चितवनमा नयाँ शोरूमको उद्घाटन


चितवन । ट्रायम्फ नेपालले चर्चित नेपाली ब्याण्ड नेपथ्यको क्याम्पा चौरमा भएको लाइभ कन्सर्टको क्रममा चितवनमा आफ्नो नयाँ शोरूमको औपचारिक शुभारम्भ घोषणा गरेका छ । यस उद्घाटनलाई ट्रायम्फ ब्रान्डको देशव्यापी विस्तारको यात्रामा एक महत्वपूर्ण माइलस्टोनको रूपमा मानिएको कम्पनीले जनाएको छ ।

नयाँ उद्घाटन भएको चितवन शोरूम पूर्ण थ्रीएस सुविधा ( सेल्स, सर्भिस र स्पेयर्स) सहित, ट्रायम्फका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको र तालिमप्राप्त प्राविधिक तथा कर्मचारीहरूको नेतृत्वमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

यहाँ ग्राहकहरूले ट्रायम्फ मोटरसाइकलका नयाँ मोडेलहरू, बिक्रीपछिको उत्कृष्ट सेवा र स्पेयर पार्ट्स सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसले चितवन र वरिपरिका क्षेत्रका राइडरहरूलाई विश्वसनीय सुविधा र प्रत्यक्ष अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
शोरूम उद्घाटनको अवसरमा ट्रायम्फ नेपालले चितवन शोरूमदेखि कन्सर्ट स्थल क्याम्पा चौरसम्म छोटो राइड पनि आयोजना गरेको थियो । कार्यक्रममा सहभागी ट्रायम्फ राइडरहरूले निःशुल्क प्रवेश पास तथा विशेष पार्किङ सुविधा पाएका थिए। यस पहलले राइडरहरूको सक्रिय सहभागितामा केन्द्रित ट्रायम्फको दृष्टिकोणलाई अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, ‘प्रत्येक नयाँ शोरूमको उद्घाटनसँगै हामी राष्ट्रिय स्तरको ट्रायम्फ समुदाय निर्माणतर्फ अझ नजिक पुगेका छौं। चितवनको जीवन्त बाइकिङ्ग संस्कृति हाम्रो विस्तारोन्मुख नेटवर्कका लागि अत्यन्तै उपयुक्त रहेकाे छ। हाम्रो उद्देश्य केवल मोटरसाइकल उपलब्ध गराउनु मात्र होइन, ग्राहकहरूले विश्वास र गुणस्तरमा आधारित प्रिमियम अन्तर्राष्ट्रिय जीवनशैली प्रत्यक्ष अनुभव गर्न सकुन् भन्ने हो।’

चितवन शोरूमको उद्घाटनसँगै ट्रायम्फ नेपालले देशभर प्रिमियम मोटरसाइकल अनुभव पुर्याउने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ, जसले राइडरहरूलाई देशभर जहाँ जहाँ यात्रा गरे पनि विश्वस्तरीय उत्पादन र सेवा अनुभव सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।
ट्रायम्फ मोटरसाइकल्स एक प्रतिष्ठित ब्रिटिश ब्रान्ड हो, जसले एक शताब्दीकै लामो मोटरसाइकल इतिहासमा उत्कृष्ट प्रदर्शन, डिजाइन र क्राफ्ट्सम्यानशिप आफ्नो पहिचान बनाएको छ । ट्रायम्फले प्रिमियम मोटरसाइकल क्षेत्रका वैश्विक मापदण्डहरू निर्धारण गर्दै, विश्वभरका राइडरहरूलाई प्रेरणा र विश्वासको प्रतीकको रूपमा स्थापित गरेको छ।