पहिलो त्रैमासमा ४ वटा माइक्रोफाइनान्समध्ये कुनको अवस्था कस्तो ?



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १९१.७१ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा संस्थाको नाफा ७७ लाख १३ हजार रुपैयाँ मात्रै नाफा रहेको छ ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३ करोड २७ लाख १० हजार रुपैयाँबाट बढेर ६ करोड १ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि १ करोड १९ लाख ८३ हजार रुपैयाँबाट बढेर २ करोड ७७ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

१९ करोड ४८ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १० करोड ८४ लाख ८० हजार रुपैयाँ रहेको छ । ६५ करोड ७० लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब २२ करोड ७४ लाख ११ हजार रुपैयाँ रहेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा संस्थाको खराब कर्जा बढेको छ । गत आवको सोहि अवधिमा १.९६ प्रतिशत खराब कर्जा रहेको संस्थाको चालु आवको सोहि अवधिमा आईपुग्दा २.२२ प्रतिशत रहेको छ । ४६ रुपैयाँ २० पैसा (बार्षिकीकरण) प्रतिसेयर आम्दानी रहेको संस्थाको १५५ रुपैयाँ ६९ पैसा प्रति सेयर नेटवर्थ रहेको छ ।

यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले पनि चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४२.४७ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा संस्थाको नाफा ८ करोड ५६ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २४ करोड ५३ लाख ७७ हजार रुपैयाँबाट बढेर ३२ करोड ६ लाख ७२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि १३ करोड ४५ लाख ६६ हजार रुपैयाँबाट बढेर १९ करोड ३७ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ३६ करोड ११ लाख २७ हजार रुपैयाँ रहेको छ । ७ अर्ब ९९ करोड ५८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १५ अर्ब ४ करोड ५८ लाख २९ हजार रुपैयाँ रहेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा संस्थाको खराब कर्जा घटेको छ । गत आवको सोहि अवधिमा १.०२ प्रतिशत खराब कर्जा रहेको संस्थाको चालु आवको सोहि अवधिमा आईपुग्दा ०.९१ प्रतिशत रहेको छ । ७७ रुपैयाँ ६२ पैसा प्रतिसेयर आम्दानी रहेको संस्थाको ३१६ रुपैयाँ ४३ पैसा प्रति सेयर नेटवर्थ रहेको छ ।

यता निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा .४३.४८ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा संस्थाको नाफा १५ करोड ७ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३८ करोड १२ लाख २८ हजार रुपैयाँबाट बढेर ४५ करोड ८८ लाख १ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा २३ करोड ३४ लाख ७६ हजार रुपैयाँबाट बढेर ३४ करोड १७ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

१ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँ रहेको छ । ११ अर्ब ६५ करोड ३ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २० अर्ब १३ करोड ७० लाख ३० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा संस्थाको खराब कर्जा बढेर १.३० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.०२ प्रतिशत रहेको थियो । ७२ रुपैयाँ १२ पैसा प्रतिसेयर आम्दानी रहेको संस्थाको २९२ रुपैयाँ प्रति सेयर नेटवर्थ रहेको छ ।

आइतबार छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले यो अवधिमा २२ करोड २६ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४२.५५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा संस्थाको नाफा १५ करोड ६१ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३९ करोड ३७ लाख ३८ हजार रुपैयाँबाट बढेर ४९ करोड ५३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा २४ करोड १५ लाख ४९ हजार रुपैयाँबाट बढेर ३४ करोड २४ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ रहेको छ । १६ अर्ब ५ करोड ३८ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १९ अर्ब ७९ करोड २ लाख ७३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा संस्थाको खराब कर्जा बढेर .३० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा खराब कर्जा ०.१६ प्रतिशत रहेको थियो । ७५ रुपैयाँ ४६ पैसा प्रतिसेयर आम्दानी रहेको संस्थाको २५७ रुपैयाँ ८६ पैसा प्रति सेयर नेटवर्थ रहेको छ ।


क्लिकमान्डु