अर्थमन्त्री डा. खतिवडाको सपनामा नेप्सेको कुठाराघात, कहिलेसम्म चल्ला यस्तो लापरबाही ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वस्चालित अनलाइन प्रणाली सुरु गरेको कात्तिक २० गते बुधबार १ वर्ष पुरा गरेको छ । उक्त अनलाइन प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले होटल याक एण्ड यतिमा उद्घाटन गरेका थिए ।

अर्थमन्त्री डा. खतिवडाले १ वर्ष अघि पूर्ण स्वचालित अनलाइनको उद्घाटन गरेपनि अझैसम्म यो पूर्ण स्वचालित बन्न सकेको छैन । पूर्ण स्वचालिन नबन्नुको कारण भनेको नेप्सेको चरम मनोमानी नै हो ।

तत्कालीन समयमा लगानीकर्ताहरुले पनि पूर्ण स्वचालिन अनलाइन आएपछि बजारमा कायापलट आउने तर्क दिँदै हिँडेका थिए । यसतो त तत्कालीन समयमा अर्थमन्त्री डा. खतिवडाले सेयर बजारको विषयमा दिएको नकारात्मक टिप्पणीले बजार घटेको हो भन्दै हो हिँडेका थिए । आफैले अनलाइन उद्घाटन गरेपछि बजारमा सुधार आउला र आफुमाथि लागेको आरोप न्यून होला भन्ने मन्त्रीको मनोविज्ञानलाई पनि नेप्सेले फेल खुवाएको छ ।

अहिलेसम्म नेप्से अनलाइन ट्रेडिङ (नट्स) मा डिम्याट र बैंक खाता इन्ट्रिगेशन हुन सकेको छैन । जसले गर्दा लगानीकर्ताले अनलाईनबाट नै भुक्तानी गर्न सकेको छैनन् । लगानीकर्ताले जुन अपेक्षा गरेका थिए त्यो पाउन नसकेको उनीहरुको तर्क छ । जुन समयमा अनलाइन आएको थियो त्यो समयमा जुनसुकै ठाँउमा रहेका लगानीकर्ताले पनि कारोबार गर्न सक्ने तर्क गरिएको थियो । त्यो केवल भाषण मात्रै बनेको छ । नेप्सेले पछिल्लो समयमा यतिसम्म हेलचेक्रयाई गर्न थालेको छ की कारोबार हुनै पर्ने कम्पनीको कारोबार गर्ने र कारोबारको अन्तिम समयमा कारोबारको उपसूचक समेत हटाउन थालेको छ ।

नेप्सेको यस्तै गतिविधिले गर्दा धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष डा. रेवत बहादुर कार्कीले भनेको जस्तो अन्तर्राष्ट्रिय रुपमा मान्यता पाउन सकेका छैन । डा. कार्कीले बोर्डमा रहँदा यो अनलानइन प्रणाली अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएको भन्दै आएका थिए । हुनले अझै पनि नेप्सेको अनलाइनले अहिलेसम्म आईएसओ मान्यता पनि पाउन सकेको छैन ।

बिहीबारको कारोबारमा विकास बैंक समूहको उपसूचक नै हटाएपछि यो विषयमा जानकारी लिनको लागि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । नेप्सेका एक अधिकारीका अनुसार ओम र एनएमबी बैंक मर्ज भए, त्यसपछि नेप्से इन्डेक्स एडजस भयो, बैंकिङ इन्डेक्स पनि एडजस गर्यो तर ओम मर्जरमा गएपछि पनि इन्डेक्सबाट नहटाएको कारण समस्या भएको हो । बिहान नै थाहा भएपछि लाइभमा गएपछि केही गर्न नमिल्ने भएर छोडेको ति अधिकारीको भनाई छ ।

नले भने ‘उनले भने यो नेप्सेको चरम लापरबाही हो, यस्तो गर्न नहुने हो, यहाँको नेतृत्वमा देखिएको समस्याले यो सबै भएको हो । यसले हामीमाथीको विश्वासमा पनि प्रश्न उठछ ।’

कारोबार भएको केही समय पछि डेभलपमेन्ट बैंक समूहको उपसूचकमा ९८.४ अंकको गिरावट आएको थियो । कारोबार बन्द हुनुभन्दा केही समय अघि नेप्सेले डेभलपमेन्ट बैंक समूह नै हटाएको छ ।

डेभलपमेन्ट बैंकको उपसूचक हटाउँदा सेयर बजारमा ६.०५ अंकको गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक ६.०५ अंकले घटेर ११३१.९७ बिन्दुमा रोकिएको छ । १६३ कम्पनीको १२ लाख ९६ हजार ८७७ कित्ता सेयर ३७ करोड ४्र१ लाख ५० हजार ५७१ रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ समूहको उपसूचक ६.६६ अंकले घट्दा टे«डिङ १९, निर्जीबन बीमा १२.१४, अंकले बढेको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । बैंकको ११ करोड २६ लाख ४३ हजार २७३ रुपैयाँ सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु र नेपाल बैंक रहेका छन् ।


क्लिकमान्डु