नयाँ अध्यक्ष नआएसम्म परिष्ठ पौडेललाई काम गर्ने जिम्मा
काठमाडौं । धितोपत्र बोर्डमा अध्यक्ष खाली भएपछि अर्को अध्यक्ष नियुक्त नभएसम्मको लागि कार्यसम्पादन गर्न परिष्ठनाथ पौडेललाई जिम्मेवारी दिइएको छ ।
अर्थमन्त्रीस्तरीय निर्णयबाट बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई वरिष्ठतमका आधारमा कार्यसम्पादन, मूल्याङकनको जिम्मेवारी दिइएको हो ।
बोर्डका अनुसार वरिष्ठताका आधारमा कार्यकारी निर्देशक पौडेललाई बोर्डमा अध्यक्ष नियुक्त नभएसम्मको लागि कार्य सम्पादन मूल्याङकनको जिम्मेवारी दिइएको हो ।
मन्त्रालयमा कात्तिक ८ गते भएको अर्थ अर्थमन्त्रीस्तरीय निर्णय भएको र सोको जानकारी बोर्डलाई मन्त्रालयले गराएको छ । मन्त्रालयको पत्र बुझेर पौडेलले कार्यभार सम्हालेको बताइएको छ ।
बार्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको ४ वर्षे कार्यकाल असोज २९ गते सकिएको छ । उनको कार्यअवधि सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।
अध्यक्षका लागि भन्दै बोर्डका विज्ञ सदस्य भिष्मराज ढुङगाना, पूर्व विज्ञ सदस्य निल सारु मगर, बासुदेव अधिकारी र टंक पनेरुको नाम चर्चामा रहेको छ । यस्तै अध्यक्षको लागि भन्दै बोर्डको कार्यकारी निर्देशकद्वय पौडेल र निरज गिरी पनि नाम चर्चामा रहेको छ ।