अर्थमन्त्री खतिवडाले एक सातामा आफ्नो निर्णय सच्चाए, पूरा होला लक्ष्य ?



काठमाडौं । अर्थमन्त्रालयले गतसाता प्रकाशित गरेको सूचना हक अन्तर्गतको अर्थमन्त्रालयको सार्वजनिक विवरणमा चालु आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरिएको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेट अनुसार चालु आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्ष सुरु भएको ४ महिनामा नै सरकार लक्ष्यबाट ब्याक भएको भन्ने समाचार प्रकाशित भएपछि अर्थमन्त्रालयले यसलाई सच्चाएको छ । अहिले अर्थमन्त्रालयले चालु आर्थिक वर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य सो विवरणमा राखिएको छ ।

अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार तीन महिनाको अवस्थाले साढे ८ प्रतिशत आर्थिक बृद्धिदर नहुने ७ प्रतिशतसम्म बृद्धिदर हुने बुझाइ थियो । सो अनुसार ७.२ प्रतिशतको प्रक्षेपण गरिएको थियो । पछि संचारमाध्यममा समाचार आएपछि अर्थमन्त्री खतिवडाले त्यसलाई हटाउन लगाए र साढे ८ प्रतिशतको लक्ष्य राख्न लगाए ।

तर, अन्तराष्ट्रिय संस्थाहरुले भने चालु आर्थिक वर्षमा सरकारले लिएको साढे ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य नहुने प्रक्षेपण गरेका छन् । साढे ६ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण ती संस्थाहरुको  छ ।

अर्थमन्त्री खतिवडा तीन महिनामा आफ्नो लक्ष्यबाट पछाडि हटे

लक्ष्य अनुसार आर्थिक बृद्धिदर नभएपनि लगातार तीनवर्ष ६ प्रतिशतभन्दा बढीको बृद्धिदर हुनु भने एउटा ठूलो सफलता भने हो ।


क्लिकमान्डु