अर्थमन्त्री खतिवडा तीन महिनामा आफ्नो लक्ष्यबाट पछाडि हटे



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा आफ्नो लक्ष्यबाट तीन महिनामा पछाडि हटेका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ मा ल्याएको बजेटमा चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेका थिए ।

तीन महिनापछि अर्थमन्त्रालयले सूचनाको हक ऐन अन्तर्गत सार्वजनिक गरेको सार्वजनिक विवरणमा चालु आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिब बृद्धि हासिल हुने प्रारम्भिक अनुमान राखिएको छ ।

अन्तराष्ट्रिय दातृ निकायले नेपालले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशत हाराहारीमा आर्थिक बृद्धिदर गर्ने प्रक्षेपण सार्वजनिक गरेका छन् ।

यो वर्ष धान उत्पादनमा कमी आएको तथ्यांक कृषि मन्त्रालयले सार्वजनिक गरेको छ । जसले आर्थिक बृद्धिदर घटाउन मद्दत पुर्याउछ ।


क्लिकमान्डु