दुहबी-कटहरी प्रसारण लाइन ४५ दिनभित्रमा सम्पन्न गरिने



काठमाडौं । विवादको भूमरीमा फसेको दुहबी–कटहरी प्रसारण लाइन आगामी ४५ दिनभत्र निर्माण सक्ने गरी सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता ३३ केभी रहेको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करीब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो ।

अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आज त्यस क्षेत्रका सङ्घीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेका गर्नुभएपछि उक्त सहमति भएको हो ।

छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए ।

‘यो प्रसारण लाइन बन्न नसन्दा मोरङका उद्योग तथा आम उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् पाउन सकिरहेका छैनन्, त्यसैले विधि सम्वत् रुपमा समस्या समाधान गरी निर्माण तत्काल शुरु गरौँ,’ उनले भने ‘तारलाई भूमिगत गर्ने या अन्य विकल्प के के हुन्छन् प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सम्पन्न गरौँ, यसका लागि सम्पूर्ण उपायहरु अपनाइने छ ।’

मुख्य मन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्बर ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गर्नुभएको थियो ।

आज भएको छलफलमा सांसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको प्रष्ट पारे ।

‘प्रसारण लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध ग¥यो भन्ने सम्मका गलत आरोप म माथि लगाइयो, तर मैलै अवरोध गरको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै शुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो,’ उनले भने ‘यस्ता आरोपमा कुनै सत्यता छैन, लाइन निर्माण गर्न तत्काल शुरु गरौँ यसमा मेरो पूर्ण सहयोग रहने छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा सङ्घीय सांसदले पैसा मागेर अवरोध गरेको नभनेको स्पष्ट पारे ।

प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा तीन किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । सबस्टेसन निर्माण भइसकेको छ । तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी सञ्चालनमा ल्याइने छ ।

उद्योग सङ्गठन मोरङ अध्यक्ष घिमिरेले विद्युत्भार कटौतीको अन्त्य भए पनि ट्रिपिङ र लो भोल्टेज लगायतको समस्या समाधान नभएकाले उद्योगी÷व्यवसायीले ठूलोे आर्थिक नोक्सानी व्यर्होनु परिरहेको गुनासो गरे ।

अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । टंकिसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन । दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिँदैन ।


पुष्प दुलाल