नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी



काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई नेपाल बैंकको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

चारवर्षे कार्यकालको लागि अधिकारी नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

नेपाल बैंकबाट नै बैंकिङ करिअर सुरु गरेका अधिकारीले देवेन्द्रपताप शाह प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास पाएपछि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको दौडमा पुष्पराज भण्डारी,शेषरमण आचार्य र शंकरकुमार रायमाझी समेत थिए । तर,सबैलाई पछि पार्दै अधिकारी प्रमुख कार्यकारी अधिकृत बन्न सफल भए ।


क्लिकमान्डु