यातायात व्यवसायी समितिको रोक्का भएका बैंक खाता फुकुवा



काठमाडौं । सरकारको निर्णय अनुसार नेपाल राष्ट्र बैंकले यातायात समितिको रोक्का राखेको बैंक खाता फुकुवा गरेको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर यातायात समितिको रोक्का भएको खाता फुकुवा भएको जानकारी दिएको हो ।

सरकारले गत वर्ष बैशाख २३ मा राष्ट्र बैंकमा पत्र पठाएर यातायात व्यवसायीको खाता रोक्का गर्न भनेको थियो । जस अनुसार प्रदेश नम्बर १ को ३२,२ को १० वटा तथा ३ नम्बर प्रदेशको ११० वटा समितिको खाता रोक्का भएको थियो । यस्तै प्रदेश नम्बर ३ को २४, प्रदेश नम्बर ५ को ४०,प्रदेश नम्बर ६ को १२ र प्रदेश नम्बर ७ को ९ वटा समितिको खाता रोक्का भएको थियो ।

यी हुन् सरकारले बैंक खाता बन्द गराएका यातायात ब्यवसायी समितिहरु (नामावलीसहित)

अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्र लेखेर यातायात समितिहरु कम्पनीमा गएको र सो अनुसार रोक्का भएका खाता फुकुवा गर्न भनेको छ । सोही चिठी अनुसार राष्ट्र बैंकले खाता रोक्का फुकुवा गरेको हो ।

सरकारले सिन्डिकेट हटाउने भन्दै यातायात समितिलाई कम्पनीमा लैजाने निर्णय गरेको थियो । यद्यपी प्रभावकारी ढंगले यातायात समितिहरु कम्पनीमा भने गएका छैनन् ।


क्लिकमान्डु