यी हुन् सरकारले बैंक खाता बन्द गराएका यातायात ब्यवसायी समितिहरु (नामावलीसहित)




काठमाडौं । सरकारले देशभरका संचालित २४५ यातायात समितिहरुको बैंक खाता बन्द गराएको छ । गृहमन्त्रालयको आग्रह अनुसार नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै ती समितिहरुको बैंक खाता बन्द गराएको हो ।

नेपाल राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार सबैभन्दा धेरै समितिहरु प्रदेश नम्बर ३ मा छन् । सो प्रदेश अन्तरगत रहेका ११८ वटा यातायात समितिको बैंक खाता रोक्का गरिएको छ ।

यस्तै दोस्रो धेरै समितिहरु प्रदेश नम्बर ५ मा छन् । सो प्रदेश अन्तरगतका ४० समितिको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकले पत्र पठाएको छ ।

प्रदेश नम्बर १ पनि धेरै यातायात समिति हुनेमा पर्छ । सो प्रदेश अन्तरगत रहेका ३२ समितिको बैंक खाता रोक्का गरिएको छ ।

प्रदेश नम्बर ४ मा भने २४ समिति छन् । ती सबै समितिको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकले पत्राचार गरेको छ ।

यस्तै प्रदेश नम्बर ६ का १२ समिति, प्रदेश नम्बर २ का १० वटा समिति र प्रदेश नम्बर ७ का ९ वटा समितिको बैंक खाता रोक्का गरिएको छ ।

यसरी रोक्का गरिएका बैंक खाताबाट रकम झिक्न र राख्न नपाउने गरी एयरमार्क गरेर राख्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले बैंक खाता रोक्का राख्नुपर्ने समितिहरुको नामावली पठाउँदै गरेकोले यो संख्या अझ बढ्न सक्ने राष्ट्र बैंक स्रोतको भनाइ छ ।

सार्बजनिक यातायातमा सिण्डिकेट गरी प्रतिस्पर्धात्मक अबस्थामा बाधा पुर्याएको भन्दै सरकारले यातायात समितिमाथि कारबाही गरिरहेको छ । सोही प्रकरणमा छानविन गर्न बैंक खाता रोक्का गरिएको हो ।

नामावली यसप्रकार छः


क्लिकमान्डु