गाडी किन्न सस्तो ब्याजदरको योजना ल्याएकोमा बैंकरसँग अर्थमन्त्री असन्तुष्ट



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गाडी खरिदको लागि सस्तो ब्याजदरको योजना ल्याएकोमा बैंकरसँग असन्तुष्टी जनाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंबाट गरेको १४ वटा शाखाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अल्पकालिन अवधीको लागि ऋणको ब्याजदर सस्तो गर्ने र पछि बढाउने योजना बैंकहरुले ल्याएको बताए ।
‘मैले हिजो नाडा अटो शोको उद्घाटनमा देखेको थिए, बैंकहरुले सिंगल डिजिटमा गाडी किन्ने सकिने ऋणको योजना ल्याएका छन्, ऋणीको लागि राम्रो भएपनि अहिले आकर्षित गर्न सस्तो ब्याजदरमा ऋण दिने र पछि ब्याजदर बढाउन भएन,’उनले भने ।
खतिवडाले बैंकरहरु पुनः अल्पकालिन रुपमा बढेको तरलतामा अत्याधिक ऋण दिएर फेरी तरलता संकटको बाटोमा हिडेको बताए ।
‘बैंकहरुले अहिले योजना बनाएर ऋण प्रवाह गरेको देखिएन,अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाएर चल्नुपर्यो,’उनले भने ।
नाडा अटो शोमा सहभागी बैंकहरुले ऋणमा प्रतिस्पर्धा गर्नको लागि बेसरेटको नजिक रहेर अटो लोनको स्किम सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु