हुन्डाईको नयाँ मोडल ‘भेन्यू’ नेपालमा सार्वजनिक, मूल्य ३५ लाखदेखि ५७ लाखसम्म



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ मोडल हुन्डाई भेन्यू नेपालमा सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त मोडेल सार्वजनिक गरेको हो ।

विभिन्न ३ वटा इन्जिन अप्सनमा उपलब्ध भेन्युले नेपाली बजारमा बलियो उपस्थिती जनाउने कम्पनीले विश्वास लिएको छ ।

विभिन्न मोडलमध्ये १.२ पेट्रोल इन्जिजिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा उपलब्ध छ । जसको पावर ८३पीएस/६०००आरपीएम पावर छ । त्यस्तै, १.४ लिटर डिजल इन्जिन यू२ सीआरडीआईको पावर ९० पीएस/४०००आरपीएम छ । त्यस्तै, १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीको पावर भने १२०पीएस/६००० आरपीएम मा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आइ १० नियोस भारतमा सार्वजनिक , मूल्य ५ लाख भारु, नेपालमा २ महिनापछि पाइने

हुन्डाईले भेन्यूले ७ स्पीड डीसीटीमा उपलब्ध समेत गराउने कम्पनीले जानकारी दिएको छ ।

हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सु–सज्जित छ ।

जसको आर१६ डाइमन्ड कट एलोइ पांग्रा तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने कम्पनीले दाबी गरेको छ ।

भेन्यूमा बत्तिहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ । जसमा कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्ट सहितको लेड लाइट समेत छ ।

भेन्यूमा नवीनतम विशेषतामा रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राइभर रेर भ्यू मिरिर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल राखिएको छ । साथै मोडलमा वायरलेस फोन चार्जर, क्रेज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रियर ए सिभेन्ट छ ।

कति पछि मूल्य ?
भेन्यूको नयाँ मोडलका लागि कम्पनीले नेपाली बजारका लागि ३४ लाख ९६ हजार रुपैयाँदेखि ५६ लाख ९६ हजार रुपैयाँसम्म मूल्य तोकेको छ । साथै कम्पनीले दशैंको अवसरमा १ लाख ३० हजार रुपैयाँसम्मको छुट दिने समेत बताएको छ । साथै अन्य आकर्षक उपहारको समेत व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु