हुन्डाई ग्राण्ड आइ १० नियोस भारतमा सार्वजनिक , मूल्य ५ लाख भारु, नेपालमा २ महिनापछि पाइने



नयाँ दिल्ली । हुन्डाईको ग्राण्ड आइ १० नियोस गाडी भारतमा सार्वजनिक भएको छ । बहुप्रतिक्षित  गाडीको शुरुवाती मूल्य पेट्रोल भेरियन्टको ४ लाख ९९ हजार र डिजल भेरियन्टको ६ लाख ७० हजार भारु रहेको छ ।

न्यु जेनेरेसन ग्राण्ड आइ १० को पहिलो बजार भारतले पाएको छ ।  अहिले प्रयोग भइरहेको ग्राण्ड आइ १० सँगसँगै नयाँ ग्राण्ड आई १० विक्रि गरिने बताइएको छ । तर पुरानो ग्राण्ड आइ १० सन २०२० को अप्रिलमा हुने विएससिक्स पछि फेज आउट हुने आँकलन गरिएको छ ।

यस गाडीको फ्रेस न्यु फेस रहेको छ । यसको फ्रन्ट इन्डमा नयाँ प्रोजेक्टर ल्याम्प्स सहितको हेडल्याम्प क्लस्टर रहेको छ । फ्रन्ट ग्रिलको समेत नयाँ आकार रहेको छ । फग ल्याम्पसमा त्रिकोणात्मक हाउजिङ रहेको छ । बनेटमा बोल्ड लुकका लागि मल्टिपल क्रिज रहेका छन । त्यसैगरी ड्यासबोडमा मनोरञ्जनका लागि ८ इन्चको टचक्रिन इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । स्टेरिङ र एसि भेन्ट हुन्डाई भेन्युको जस्तै रहेको छ ।

ग्राण्ड आइ १० नियोसले १.२ लिटर पेट्रोल र डिजल इन्जिनलाई निरन्तरता दिएको छ ।  ग्राण्ड आई १० नियोस १० वटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमध्ये फोर ट्रिम्स भेरियन्टमा एरा, म्याग्ना, स्पोर्टज र आस्टा रहेका छन । त्यसै गरी यो गाडी पोलर ह्वाइट, टाइफुन सिल्भर, टाइटन ग्रे, फायरी रेड, अल्फा ब्लु, एक्वा टील गरी ६ वटा रङमा उपलब्ध हुनेछ ।

त्यस्तै , एप्पल कारप्ले र एन्ड्रोइड अटो, अर्कामिज साउन्ड सिस्टम अन टप इन्ड भेरियन्टस, वायरलेस फोन चार्जर , अटोमेटिक क्लाइमेट कन्ट्रोल र रियर एसि भेन्ट्स यसका विशेषता रहेका छन ।

हुन्डाईको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले दुई महिनापछि नेपाली बजारमा यो उपलब्ध हुने जनाएको छ ।


क्लिकमान्डु