कुलमानले यसरी सफल बनाए प्राधिकरण, एलपी ग्यास विस्थापन गर्ने तयारी



काठमाडौं । एउटा मान्छेले इमान्दार भएर लाग्दा करिब करिब विघटनमा पुग्न लागेको संस्था कसरी बौरिएर आउन सक्छ भन्ने उदाहरण बनेको छ नेपाल विद्युत् प्राधिकरण ।

कुनै समय ३४ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई सबल नेतृत्व दिने काम तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले गरेका थिए । उज्यालो नेपालको अभियान शुरु गरेर तत्कालीन मन्त्री शर्माको प्रस्तावमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणको प्रमुख बनाएको थियो ।

प्राधिकरणले आज आफ्नो स्थापनाको ३४औं वार्षिकोत्सव मनाउन लागेको छ । वार्षिकोत्सवको अवसरमा आज प्राधिरकणले एक प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ ।

प्राधिकरणको हाल उपलब्ध भएको ऊर्जाबाट ७८ प्रतिशत जनतामा विद्युत् सेवा उपलब्ध गराएको छ । बाँकी रहेको क्षेत्रमा पनि आगामी २ वर्षभित्र विद्युत् सेवा उपलब्ध गराउने तयारी गरेको छ ।

विद्युत् चुहावटामा पनि प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको छ । आव २०७२÷७३ मा २५.७८ प्रतिशत रहेको चुहावट घटेर गत आवको अन्त्यसम्म १५.३२ प्रतिशतमा सिमित भएको छ ।

एउटा मान्छे इमान्दार भएर लाग्दा मात्रै करिब डुब्न लागेको संस्था कसरी सफल हुन सक्छ भन्ने तथ्य पनि स्थापित भएको छ । आल प्राधिकरणको प्रणालीमा ७ हजार ५५१ गिगाववाट आवर ऊर्जा उपलब्ध छ । त्यसमा प्राधिकरणको उत्पादन २५४८ गिगावाट आवर, निजी क्षेत्रबाछ २१९० गिगावाट आवर र भारतबाट २८१३ गिगावाट आवर ऊर्जा प्राप्त भएको छ ।

यस्तै शहरी क्षेत्रमो सौनदर्य समेत बढाउने लक्ष्यका साथ प्रसारण प्रणालीलाई भूमिगत बनाउने काम समेत शुरु भएको र निकट भविस्यढमा प्रमुख शहरहरुमा नै सो योजनालाई कार्यान्वयनमा लैजाने प्राधिकरणको योजना छ ।

यस्तै अर्धजलाशयुक्त १०६० मेगावाट क्षमताको अप्पर अरुण, ६३५ मेगावाट क्षमताको दुधकोशी र १०० मेगावाट क्षमताको तामाकोशी पाँचौ आयोजना समेत शुबरु गर्ने तयारीमा छ ।

यस्तै चार्जिङ स्टेशनको निर्माण गरी विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने र खाना पकाउने एलपी ग्यासको विस्थापन गर्ने योजना समेत प्राधिकरणले अगाडि सारेको छ ।


पुष्प दुलाल