यस्तो छ चण्डीराजले महासंघको कार्यसमितिमा बुझाएको विधान संसोधनको प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं । बैंकको ऋण नतिरेर कालोसूचीमा परेका व्यवसायी चण्डीराज ढकाललाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योाग वाणिज्य महासंघले आफ्नो विधान समितिमा राख्यो ।

महासंघका पूर्वअध्यक्ष समेत रहेका ढकाल विधान समितिमा बसेर ‘पावर एक्सरसाइज’ गरे ।

विधान संसोधनको हतियार देखाएर ढकालले अहिले महासंघका पदाधिकारीहरुसँग बार्गेनिङ गरिरहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ऋण नतिरे बैंकिङ कसूरमा मुद्दा चलाउने चेतावनी दिएपछि ढकाल रन्थनिएका छन् । उनै ढकालले महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वतः अध्यक्ष बन्नबाट रोक लगाउने गरी विधान संसोधनको प्रतिवेदन तयारा पारेका छन् ।

ढकाल आफैंले बनाएको महासंघको विधानको खिल्ली उडाउँदै कार्यसमितिको बैठकमा विशेष साधारणसधाको मिति तोक्न दबाब दिएका थिए ।

विधान संसोधनजस्तो अति संवेदनशील विषयमा साधारण सदस्यहरुलाई पूर्वजानकारी नगराई र सदस्यहरुसँग छलफल नगरी एकैपटक साधारणसभाको मिति तोक्नु भनेको महासंघको विधान विपरित हो ।

तर, विधान समितिमा रहेका ढकालले नै विधानविपरित काम गर्न कार्यसमितिमा दबाब दिएका थिए । उनको दबाबलाई महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले खुलेरै विरोधन गरे । मुरारकाको विरोध गरेपछि अध्यक्ष भवानी राणाले पनि विधान विपरित काम गर्न नसकिने अडान राखिन् ।

अध्यक्ष राणाले पनि ढकालको प्रस्तावलाई अस्वीकार गरेपछि उनी असफल भए । र, तत्कालै पदबाट राजिनामा दिए । उनको राजिनामा अहिलेसम्म महासंघले स्वीकार गरेको छैन ।

यस्तो छ सँधै शक्तिमा रहन चाहने र शक्तिको चरम दुरुपयोग गर्ने चण्डीराज ढकालले तयार पारेको महासंघकोा विधान संसोधनको प्रतिवेदन:


पुष्प दुलाल