अतिदुर्गम डोल्पाको शे-फोक्सुण्डो पुग्यो प्रभु बैंक, सीइओ शेरचन भन्छन्- अरु जान मानेनन् हामी गयौं
काठमाडौं । नेपालको अति दुर्गम मानिने डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा प्रभु बैंकले शाखा सञ्चालनमा ल्याएको छ । चीनको बाटो हुँदै जानुपर्ने उक्त स्थानका जनतालाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रभु बैंकले आफ्नो १९२औं शाखा सञ्चालनमा ल्याएको हो ।
सो शाखाकार्यालयको उदघाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गले गरे । सो अवसरमा गाउँपालिका अध्यक्ष गुरुङ्गले नेपालकै अति विकट यातायात, सञ्चार तथा बिजुली समेत नपुगेको ठाउँमा प्रभु बैंक आएको भन्दै खुसी व्यक्त गरे ।
‘हामी व्यवसाय मात्रै भन्दा पनि सामाजिक उत्तरदायित्व सम्झेर शे-फोक्सुण्डो पुगेका हौं,’ शेरचनले भने, ‘त्यहाँका जनतासँग हाम्रो भावनात्मक सम्बन्ध पनि छ ।’
सो गाउँमा प्रभु बैंकको अग्रसरतामा सौर्य उर्जाबाट विजुली निकाली भि-स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्रियता देखाएको भन्दै गुरुङ्गले प्रभु बैंकले प्रशंसा गरे ।
समुद्री सतहदेखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे-फोकसुण्डो शाखाकार्यालयबाट उच्चहिमाली क्षेत्रका सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त विकट ठाउँमा अरु बैंक जान नमानेको तर प्रभु बैंकले दुर्गममा पनि सेवा दिनुपर्छ भनेर शाखा खोलेको बताए ।
‘शे–फोक्सुण्डो नेपालको अति विकट क्षेत्र हो, अरु बैंक यो ठाउँमा जान मानेनन्, तर हामीलाई भने यस्तो दूरदराजका जनतालाई बैंकिङ सेवा दिनुपर्छ भन्ने लाग्यो र शाखा स्थापना गर्यौं,’ सीइओ शेरचनले क्लिकमाण्डूसँग भने, ‘ती क्षेत्रका जनतासँग हाम्रो सम्पर्क थियो, उहाँहरुले बैंकको माग पनि गर्नु भएको थियो ।’
शे-फोसुण्डो शाखा सञ्चालन पश्चात् राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलेर सञ्चालनमा ल्याइसकेको बैंकले जनाएको छ ।
उक्त गाउँपालिकामा करिब २००० मात्रै जनसंख्या छ । यो क्षेत्रको नेपालसँगभन्दा बढी कनेक्सन चीनसँग छ । यो क्षेत्रका जनताले सबैजसो व्यापार र किनमेल पनि चीनसँगै गर्छन् । यो ठाउँ जान पनि चीन हुँदै जानुपर्छ ।
‘हामी व्यवसाय मात्रै भन्दा पनि सामाजिक उत्तरदायित्व सम्झेर शे–फोक्सुण्डो पुगेका हौं,’ शेरचनले भने, ‘त्यहाँका जनतासँग हाम्रो भावनात्मक सम्बन्ध पनि छ ।’
शे-फोसुण्डो शाखा सञ्चालन पश्चात् राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलेर सञ्चालनमा ल्याइसकेको बैंकले जनाएको छ ।
बन्दीपूरमा पनि शाखा
त्यसैगरी, बैंकले तनहुँको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले गरे ।
सो अवसरमा थापाले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवाउ पभोग गरी लाभ उठाउन आग्रह गरे ।