एनएमबि म्युचुअल फण्डका दुई इकाइको लाभांश घोषणा, कसको कति ?
काठमाडौं । एनएमबि म्युचुअल फण्डका दुई इकाइको लाभांशको घोषणा भएको छ ।
संचालक समितिको बैठकले सेयरधनीलाई गतवर्षको कारोबारबाट लाभांशको घोषणा गरेको हो ।
एनएमबि सुलभ इकाई १ का इकाइधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि हाइब्रिड फण्ड १ बाट कर सहित १० प्रतिशतको दरले लाभांश घोषणा गरिएको छ ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत तेस्रो योजना एनएमबि ५० ले पनि प्रतिफल दिने कुरा बैंकले जनाएको छ । एनएमबि ५०को निष्कासन साउन १३ बाट सुरु हुने छ ।