सिभिल बैंकमा कर्जाको ब्याजदर १८%सम्म ! सनराइजले बेस रेट लुकायो, सानिमाको कति ?




काठमाडौं । मंगलबार ३ वटा वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सानिमा, सनराइज र सिभिल बैंकले नयाँ ब्याजदर सार्वजानिक गरेका हुन् ।

सबैं बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागततर्फ ८.६० प्रतिशत ब्याज दिने जनाएका छन् ।

तर, कर्जामा भने बैंकहरुको ब्याजदर फरक फरक छ । सिभल बैंकले कर्जामा १८ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले ओभरड्राफ्ट कार्ड कर्जामा आधार दरमा ६.८९ प्रतिशत ब्याज थप गर्ने जनाएको छ । बैंकको आधारदर ११.११ प्रतिशत छ । आधार दर र बैंकले लिने ब्याजदर जोड्दा १८ प्रतिशत हुन्छ ।

त्यसैगरी, बैंकले व्यावसायिक सवारी कर्जाको व्याज १७.११ प्रतिशत र निजी सवारीका लागि १६.१ प्रतिशत व्याज लिने जनाएको छ ।

सिभिल बैंकबाट घर जग्गा किन्ने कर्जा, सुन धितो राखेर लिने कर्जा, शिक्षा कर्जा, व्यक्तिगत कर्जा, सेयर कर्जाको व्याज १६ प्रतिशतभन्दा बढी पर्छ ।

मंगलबार नयाँ ब्याजदर सार्वजानिक गरेको सनराइज बैंकले आधार दर नै उल्लेख गरेको छैन । ब्याजदर सार्वजानिक गर्दा आधार दर (बेस रेट( सार्वजानिक गर्नुपर्ने भएपनि यो बैंकले बेस रेट लुकाएको छ ।

बैंकले दिने धेरै प्रकारका कर्जामा आधार दरमा ६ प्रतिशत जोडर व्याज लिने भन्दै नयाँ ब्याजदर सार्वजानिक गरेको छ ।

यो बैंकले निक्षेपकर्तालाई दिने व्याज घटाएको छ ।

यस्तै सानिमा बैंकले बचत खातामा न्यूनतम १ देखि ६.५० प्रतिशत सम्म ब्याज दिने जनाएको छ । बैंकको असार मसान्तसम्म ९.४५ प्रतिशत आधार मूल्य रहेको छ ।

बैंकबाट ऋण लिनु परेको खण्डमा १५.४५ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट कर्पोरेट लोन, बिजनेश लोन, होम लोन, शैक्षिक लोन, सेयर धितो राखेर लोन लिँदा १५.४५ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।


पुष्प दुलाल