बैंकमा जागिर खानेको हो, सेञ्चुरीले माग्यो १७० जना कर्मचारी, कुन पदमा कति ?



काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले विभिन्न पदमा १७० जना कर्मचारी माग गरेको छ । मर्जरमा जाने तयारीमा रहेको बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी माग गरेको हो ।
बैंकले आज एक सूचना प्रकाशित गरी डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर, असिस्टेन्ट अफिसर, सुपरभाइजर, सिनियर असिस्टेन्ट, म्यानेजमेन्ट टे«न्नी, जुनियर असिस्टेन्ट र टे«नी असिस्टेन्ट पदमा नयाँ कर्मचारी माग गरेको हो ।

बैंकले सबै भन्दा बढी टे«नी असिस्टेन्ट पदमा १२५ जना, म्यानेजमेन्ट टे«नीमा ३० जना कर्मचारी मागेको छ ।

जुनियर असिस्टेन्टमा ५ जना र सिनियर असिस्टेन्टमा ३ जना कर्मचारी मागेको हो । बाँकी सबै पदमा १/१ जना कर्मचारी माग गरेको छ । इच्छुक आवेदकले २५ जुलाई २०१९ भित्र आवेदन दिन सक्नेछन् ।

इच्छुकले www. cmsjob. com मा लग इन गरेर एप्लाई मार्फत आवेदन गर्न सक्नेछन् ।


पुष्प दुलाल