खेती गर्ने समयमा किसानले मल पाएनन्



काठमाडौं । चालु आवमा खेतीपातीका लागि आवश्यक पर्ने रासायनिक मल अभाव भएको भन्दै विभिन्न जिल्लामा किसानले गरेको आन्दोलन जारी छ । दुईतिहाई प्राप्त सरकारले किसानलाई मलको समेत व्यवस्था गर्न नसकेको भन्दै चर्को आलोचना भएको छ ।

चौतर्फी रुमपा मलको हाहाकार भएपछि सरकारले रकमान्तर गरेर कृषि विकास मन्त्रालयलाई १ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गरायो । त्यसको मक्सद थियो, भारतसँग जि टु जिमा मल खरीद गर्ने ।

तर कृषि विकास मनत्री चक्रपाणी खनालले भारत सरकारसँग खासै स्म्पर्क हुन नसकेको स्पष्टिकरण दिएका छन् । उनको भनाईलाई आधार मान्ने हो भने भदौ अगाडि रासायनिक मल प्राप्त हुने सम्भावना कम रहेको छ ।

मन्त्री खनालले भने रायनिक मल खरीदका लागि जि टु जि गर्ने त भनियो तर भारतीय पक्ष हालसम्म सम्पर्कमा छैन । चौतर्फी रुपमा मलको हाहाकार भएपछि सरकारले त्यसलाई समाधानका लागि समयै आवश्यक गर्नुको साटो सरकार निदाएर बसेका कारण मस्या पैदा भएको किसानको गुनासो छ ।
त्यसो त कृषि विकास मन्त्रालयले भने अर्थ मन्त्रालयले समयमा नै बजेट दिदा मल खरीदमा समस्या परेको गुनासो गर्दै आएको छ ।

आगामी आवलाई ९ अर्ब

चालु आवमा चर्को रुपमा मल अभाव भएपछि सरकारले आगामी आवमा सहज रुपमा मल खरीदका लागि ९ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

मलको अभाव हुन नदिन लागत सहभागिताका आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने प्रयोजनार्थ उक्त बजेट विनियोजन गरिएको हो । मल आपूर्ति तथा वितरणमा सहजताको लागि कृषि सामग्री कम्पनीलाई २० हजार मेट्रिक टन क्षमताको गोदाम घर बनाउन बजेट विनियोजन गरिएको दावी गरिएको छ ।

तर के कति मात्रामा बजेट विनियोजन गरिएको हो सो बारेमा प्रष्ट कुनै पनि जानकारी हुन सकेको छैन । यस्तै विरगन्जमा १० हजार, विराटनगरमा ५ हजार, भैरहवामा ५ हजार मेट्रिक टन मल भण्डारण गर्न सक्ने गरी आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न लागिएको बताइन्छ ।


पुष्प दुलाल