केराको बोट ढले शिखरले पैसा तिरिदिन्छ, ढुक्कले निदाउँछन् किसान



चितवन । चितवन रत्ननगरका विष्णुहरि पन्त ५ वर्ष इजरायलमा बिताएपछि घर फर्किए । विदेशको श्रम बजारमा रोजगारी खोज्दै आफ्नो बारी अर्कैलाई जिम्मा लगाएर इजरायल हानिएका उनले त्यहाँ पुगेर कृषिमा काम गरे ।

जब ५ वर्ष कृषिमा काम गरी केही रकम खोजीमा हालेर नेपाल फर्किए बारी भाडामा लगाएको सम्झेर मन रोयो । कृषिमै काम गर्नु छ भने बारी भाडामा लगाएर किन विदेश जाने ? काम उही, क्षेत्र उही, सीप उही किन विदेशमा जाने ? आफ्नैमा किन काम नगर्ने भन्ने राष्ट्रवादी सोच मनमा पलायो । सँगसँगै उद्यमशीलताको भावनाले जरा गाड्यो । र, सुरु गरे केरा खेती । केही आफ्नो बारीमा र बाँकी भाडामा जग्गा लिए ।

स्याउको बोटमा ‘शिखर’को सुरक्षा

उनले केरा खेती गर्न थालेको एक दशक भयो । तर कत्ति पनि घाटा नखाइ आम्दानी गर्न थालेको केही वर्षमात्रै भयो । कारण थियो शिखर इन्स्योरेन्सको बीमा योजना ।

उनी मात्रै होइन चितवनका कैयन किसानको पीडा पनि उनको जस्तै थियो । प्रत्येक वर्ष आउने हावाहुरीले केराको कलिलो बोटमा झट्का हान्दा एकैसाथ सयौं केराका बोट सोत्तर हुन्थे ।

भर्खरै पसाउन लागेका केराका कोसा माटोमा बिलिन हुन्थे । महिनौंको किसानको मिहेनत त्यत्तिकै खेर जान्थ्यो ।

हावाहुरीकै कारणले पन्तले पहिलो २ वर्षमा २५ लाख रुपैयाँको क्षति ब्यहोरे । अनि सोचे, भैगो अब केरा खेती नगर्ने बरु जग्गा बेचेर विदेश जाने । तर फेरि मनले मानेन । हामीले नगरे कस्ले गर्ने त ? अहिल्यै हार मान्नु हुँदैन भन्ने भावनाले जित्यो र फेरि केरा मै निरन्तरता दिए ।

हरेक वर्ष केराको बोटलाई हावाहुरीले तहसनहस पाथ्र्यो । कलिला बोट निर्मम ढंगले ढल्थे । त्यतिबेला बोट मात्रै ढल्दैनथ्यो, सँगसँगै किसानको मिहेनत पनि ढल्थ्यो । आम्दानीको स्रोत पनि ढल्थ्यो । विश्वास पनि ढल्थ्यो ।

असुरक्षित खेतीमा शिखरले सुरक्षा योजना ल्यायो । त्यसपछि केराको बोट ढले पनि किसानको मिहेनत खेर जान छाड्यो । आम्दानीको स्रोत घट्न छाड्यो ।

केराको कलिलो बोटमा बलियो सुरक्षा बनेर आएको थियो, शिखर इन्स्योसेन्स । शिखर आउनुअघि केराको घरी बजार नपु¥याउँदासम्म रातभरी चिन्ता नसुत्ने किसानहरु त्यसपछि भने चैनको श्वास फेरेर आनन्दले निदाउन थाले ।

अहिले पनि हरेक वर्ष हावाहुरी आउँछ । केराका बोटलाई उठ्न नसक्ने गरी ढलाउँछ । तर किसानले क्षति ब्यहोर्नु पर्दैन । किनभने प्रत्येक बोटमा शिखरले बलियो सुरक्षा दिएको छ । क्षतिपूर्ति सबै शिखरले ब्यहोर्छ ।

लामो समयदेखि केरा खेती गर्दै आएका यज्ञप्रसाद सुवेदीले शिखरको यही सुरक्षाबाट गत वर्ष मात्रै ३८ लाख रुपैयाँ लिए । खेती गर्दा भएको खर्च सबै बीमाबाट पाएपछि यो वर्ष त्योभन्दा बढी केराका बोटलाई शिखरको सुरक्षामा जोडेका छन् ।

उनी मात्रै होइन, शिखरले केरा खेतीमा बीमा योजना ल्याएपछि अहिले चितवनका कैयन किसानहरु शिखरको सुरक्षामा जोडिएर सम्भावित क्षति हुनबाट जोगिएका छन् ।

चितवनकै विष्णुप्रसाद पन्त पति खेतीमा शिखरको साथ पाएपछि अझ बढी हौसिएका छन् । गत वर्षभन्दा १२ विघा बढी क्षेत्रफलमा केरा खेती गरेका छन् । अहिले उनले झण्डै ४० विघामा केरा खेती गरिरहेका छन् भने जग्गा भाडामा पाए अझ बढी खेती गर्ने योजना समेत बनाएका छन् ।

पन्त भन्छन्, ‘यो सबै आँट शिखरको बीमा योजनाले गर्दा भएको हो, अहिले हरेक वर्ष क्षति हुन्छ तर घाटा सबै किसानले नभइ शिखरले बहोर्दै आएको छ ।’

शिखरले बीमा योजना ल्याइसकेपछि किसानले ठूलो राहत पुगेको बताउँछन् स्थानीय शिक्षक तथा किसान विष्णुप्रसाद अधिकारी । गत वर्ष साढे ३ विघा क्षेत्रफलमा केरा रोपेका उनले बीमा नगरेका कारण सबै क्षति बेहोर्नु पर्यो ।

पोहोर सालको यति पीडाबाट पाठ सिक्दै उनले यस वर्ष सबै बोटमा शिखरको बीमा गरेका छन् । यस वर्ष अहिलेसम्म झण्डै ७ सय केराका बोटमा क्षति पुगिसकेको छ । तर बीमा गरेकाले यो वर्ष भने चिन्ता लिनु परेको छैन् ।

अहिले चितवनमा मात्रै ७ सयभन्दा बढी किसानले ३ हजारभन्दा बढी विघा क्षेत्रफलमा केरा खेती मात्रै गरिरहेका छन् । केही समयपछि किसानको संख्या र जमिनको क्षेत्रफल बढिरहेको छ । त्यसको एक मात्रै कारण हो शिखर इन्स्योरेन्स ।

नेपालमा कुल खपत हुने केरामध्ये ४० प्रतिशत मात्रै उत्पादन हुन्छ भने ६० प्रतिशत केरा विदेशबाट आयात गर्नु परिरहेको छ ।

शिखरले बीमा योजना नल्याउँदाको समयमा कैयन किसानहरु विस्थापित समेत भए । पन्त भन्छन्, ‘ जब बीमा आयो किसानहरुलाई व्यवसायिकरुपमा अघि बढ्न प्रोत्साहन गरेको छ, बीमाले ठूलो नाफा नगरे पनि लगानी भने खेर जाँदैन ।’

अहिले प्रत्येक बोटमा ३ रुपैयाँसम्म बुझाउनु पर्छ । शिखरले बीमा योजना ल्याउनु अगाडि घट्दो किसान र जमिनको क्षेत्रफल अहिले बढीरहेको छ ।

शिखरको बीमाले एकातिर चितवनमा उद्यमशिलता बढाएको छ भने अर्कोतर्फ केरा आयातबाट हुने व्यापार घाटालाई पनि कम गरेको छ ।
यस अर्थमा शैक्षिक बेरोजगारहरुले स्वदेश मै उद्यम गरिरहेका मात्रै छैनन्, प्रत्येक किसानले सयौं श्रमिकहरुलाई प्रत्येक वर्ष जागिरसमेत दिइरहेका छन् ।

केरा खेतीले बढ्दो जमिन बाँझो रहन दिएको छैन् । त्यतिमात्रै कहाँ हो र ? जमिन प्लटिङ गर्ने काम पनि निकै कम भएको छ । बीमा योजना लागू भएपछि किसानहरु पाएसम्मको जमिनमा खेती गरिरहेका छन् ।

प्रत्येक वर्ष हावाहुरीबाट क्षति त हुन्छ । तर त्यसबाट चिन्ता लिनुपर्ने अवस्था छैन किन भने शिखर इन्स्योरेन्स क्षतिपूर्तिका पछाडि बलियो गरी उभिएको छ । किसानको क्षति हुनबाट जोगाइदिएको छ ।

केरा फलका रुपमा मात्रै प्रयोग नगरी अहिले किसानहरुले भ्यालू एडका लागि अन्य काम गर्ने योजना पनि बनाइ राखेका छन् ।

केराको बोटलाई कपडाका लागि, ढलेको केराबाट चिप्स र वाइन बनाउन कसरी सकिन्छ र आम्दानी कसरी बढाउन सकिन्छ भन्नेमा योजना बनाइरहेका छन् ।


कमलकुमार बस्नेत