स्याउको बोटमा ‘शिखर’को सुरक्षा



मुस्ताङको एउटा गाउँ । त्यही गाउँमा बस्छन् रमेश, उनकी पत्नी माला र एक छोरा । ३ जनाको सानो परिवारको एकमात्र स्रोत हो, स्याउ ।

साहूसँग ३ महिनामा ५ हजार बोतल स्याउको रक्सी दिने बाचा गर्दै रमेशले साहुसँग १ लाख ३७ हजार रुपैयाँ बैना लिन्छन् । र, ब्यवसाय बिस्तार गर्न मेसिन किन्छन् । छोरोलाई बोर्डिङ स्कुल पढाउने योजना बनाउँछन् ।

तर, एकरात हावाहुरीसहित मुशलधारे पानी पर्छ । जसले रमेशका सारा सपना तुहाइदिन्छ । हुरीबतासले सबै स्याउ झारिदिन्छ ।

भर्खर शुरु हुन थालेका रमेशका सुखका दिन हुरिले समाप्त पारिदिन्छ । बाँकी छोडिदिन्छ, ऋणको ठूलो भारी । उनीहरुसँग न त त्यो ऋण उकास्ने कुनै उपाय छ । न त कुनै विकल्प नै ।

भुषण दाहालले निर्देशन गरेको चलचित्र कागबेनीको यो दृश्य साच्चिै नै वास्तिवक, करुणादायी छ । चलचित्रको यो दृश्य मुस्ताङको मात्रै होइन, जुम्ला र हुम्लाका हिमाली जिल्लाका स्याउ किसानहरुले भोग्दै आएको तीतो यथार्थ हो ।

तर, जब शिखर इन्स्योरेन्स स्याउको बीमा गर्न जुम्ला पुग्यो । तब रमेशजस्ता स्याउको खेती गर्ने किसानका सपना तुहिन छाडे । किनभने किसानको जोखिम शिखर इन्स्योरेन्सले न्यूनिकरण गर्न थाल्यो ।

र, अहिले जुम्लाका स्याउ किसानको असली सारथी बनेको छ शिखर इन्स्योरेन्स ।

कम्पनीले अहिले स्याउको बीमा गर्दा वर्षा र असिनलाई आधार बनाएको छ । फूल फुल्ने मौसममा कति पानी पर्छ सोही आधारमा बीमा गरिन्छ । विषेश गरी अप्रिल र मे महिनाको अवधि स्याउको बोटमा फूल फूल्ने मौसमका रुपमा लिइन्छ । त्यही समयलाई आधार मानेर पानी पर्ने मात्राका आधारमा बीमा गरिन्छ ।

आगामी दिनमा यसलाई अझ बढी विस्तार गर्दै लैजाने योजना रहेको शिखर इन्स्योरेन्सका नायब महाप्रबन्धक उदित काफ्ले बताउँछन् ।

‘पहिले किसानहरु बीमा गर्न मान्दैन थिए, अचेल किसानहरु सचेत भएका छन्, बीमा गराउन आउनेहरुको संख्या प्रत्येक वर्ष बढेको तथ्यांकले यसको पुष्टि गर्छ’ नायब महाप्रबन्धक काफ्लेले क्लिकमाण्डूसँग भने ।

शिखरको बीमा योजनाले अहिले किसानहरुले हरेक वर्ष राहत पाइरहेका छन् । जुम्लाका विभिन्न गाउँका किसानले वर्षा र असिनाको क्षतिबाट हुने नोक्सानीको भुक्तानी गरिरहेको छ ।

यसअघि हरेक वर्ष ठूलो क्षति भोग्दै आएको किसानका लागि बीमा योजना राहत बनिदिएको छ । स्याउको बोटमा फूल फूल्ने समयमा पानी अलिकति पनि कम पर्यो भने पनि दाना कम पर्थ्यो ।

बोटमा लटरम्म फूल फूलेको बेलामा पानी बढी पर्यो भने पनि कम दाना फल्थे । त्यसमाथि वर्षेनि पर्ने असिना र मुसलधारे पानीले दानामा असर पारिदिँदा त्यसको मार सोझै किसानको जीवनमा पर्थ्यो ।

जुम्लाको चिसो मौसममा बारीतर्फ हेर्दै सकिँदो चैत महिनामा पानी पर्खेर बस्ने किसानलाई बोटमा फूल फूलेदेखि बोटको स्याउले सही समयमा बजार नपुर्याउँदासम्म मौसमको भयले असुरक्षित बनाउँथ्यो । किसानको त्यही भययुक्त मनलाई शान्त पार्न शिखर इन्स्योरेन्सले ४ वर्षअघि यो योजना ल्याएको थियो ।

वर्षा र असिनाले स्याउको उत्पादनमा असर गर्दा फल्ने जति फल बोटमा फल्दैनथ्यो । कलिला स्याउका दानामा असिना बज्रिँदा पर्ने दागले पछि बजारमा राम्रो मूल्य पाउँदैनथ्यो । किसानको यो समस्या लामो समयदेखि ज्यूँका त्यूँ नै थियो ।

जुम्लाको चिसो मौसममा बारीतर्फ हेर्दै सकिँदो चैत महिनामा पानी पर्खेर बस्ने किसानलाई बोटमा फूल फूलेदेखि बोटको स्याउले सही समयमा बजार नपुर्याउँदासम्म मौसमको भयले असुरक्षित बनाउँथ्यो । किसानको त्यही भययुक्त मनलाई शान्त पार्न शिखर इन्स्योरेन्सले ४ वर्षअघि यो योजना ल्याएको थियो ।

विगत ४ वर्षदेखि यो योजनाबाट जुम्ला जिल्ला ३ हजार ४०९ वटा पोलिसी बिक्री भइसकेको छ । जसबाट साढे १ लाखभन्दा बढी स्याउका बोटहरु बीमामार्फत सुरक्षित भएका छन् । हरेक वर्षको असिना र पानीबाट क्षति बेहोर्ने किसानले बीमामार्फत क्षतिको भुक्तानी पाउन थालेका छन् ।

शिखर इन्स्योरेन्सका अनुसार सन् २०१६ मा ४१ वटा मात्रै पोलिसी बिक्री गरिएको थियो । सो वर्ष आवश्यक मात्रै पानी परेकाले क्षतिपूर्ति दिनु परेन । तर सन् २०१७ र २०१८ मा भने पानी कम पर्दा ठूलो क्षति बेहोरेका किसानले त्यसवापत क्षतिपूर्ति पनि पाए ।

यसैकारणले अहिले स्याउको बोटको पोलिसी गर्नेहरुको संख्या बढिरहेको छ । सन् २०१७ मा ३४१ वटा पोलिसी गरिएको थियो । जसबाट प्रिमियम ११ लाख ५४ हजार ५३१ रुपैयाँ जम्मा भएको थियो भने दाबी भुक्तानी स्वरुप १५ लाख २७ हजार ५११ रुपैयाँ भुक्तानी गरिएको थियो ।

कम्पनीका अनुसार फूल फूल्ने समयमा ६० मिलिलिटर वर्षा भएमा बोटमा राम्रो स्याउका दाना लाग्छ । त्योभन्दा कम वर्षा भए कम दाना लाग्छन् । १ मिलिलिटरदेखि ६० मिलिलिटरसम्म वर्षा भए किसानले यसैलाई शतप्रतिशत मानेर मिलिलिटर वर्षाका आधारमा क्षतिपूर्ति पाउँछन् ।

सन् २०१८ मा पोलिसी गर्नेको संख्या अझ बढ्यो । यस वर्ष ११८६ जनाले पोलिसी गरे । जसबाट कम्पनीलाई ६५ लाख ३२ हजार १५३ रुपैयाँ प्रिमियमका रुपमा जम्मा भएको थियो । त्यस वर्ष पनि फूल फुल्ने मौसममा भने जति पानी पर्न सकेन ।

किसानले रोपेका हजारौं बोटले भने जति स्याउ दिन नसक्ने भए । फलस्वरुप शिखर इन्स्योरेन्सले पीडित किसानहरुलाई ९६ लाख ६८ हजार ५८० रुपैयाँ भुक्तानी गर्यो ।

यसवर्ष १८३१ वटा पोलिसी बिक्री भइसकेका छन् । जसबाट ८७ हजार ८५७ वटा स्याउका बोट बीमा गरिएको छ ।

मौसमका कारणले किसानले प्रत्येक वर्ष बेहोर्ने क्षति कम गर्नका लागि शिखरको उक्त योजना निकै फाइदाजनक भयो ।

कम्पनीले अहिले स्याउको बीमा गर्दा वर्षा र असिनलाई आधार बनाएको छ । फूल फुल्ने मौसममा कति पानी पर्छ सोही आधारमा बीमा गरिन्छ । विषेश गरी अप्रिल र मे महिनाको अवधि स्याउको बोटमा फूल फूल्ने मौसमका रुपमा लिइन्छ । त्यही समयलाई आधार मानेर पानी पर्ने मात्राका आधारमा बीमा गरिन्छ ।

कम्पनीका अनुसार फूल फूल्ने समयमा ६० मिलिलिटर वर्षा भएमा बोटमा राम्रो स्याउका दाना लाग्छ । त्योभन्दा कम वर्षा भए कम दाना लाग्छन् । १ मिलिलिटरदेखि ६० मिलिलिटरसम्म वर्षा भए किसानले यसैलाई शतप्रतिशत मानेर मिलिलिटर वर्षाका आधारमा क्षतिपूर्ति पाउँछन् ।

जस्तै उक्त समयमा ६० मिलिलिटर मात्रै वर्षा भयो कुल बीमांक रकमबाट १.६७ प्रतिशत किसानले पाउँछन भने सोही अनुसारले ५९ मिलिलिटर वर्षा भयो भने ३.३३ प्रतिशत रकम फिर्ता पाउँछन् । त्यस्तै, १ प्रतिशत मात्रै वर्षा भएमा शतप्रतिशत क्षतिपूर्ति पाउँछन् ।

अहिले यो योजना जुम्लाको धेपालगञ्ज, तातोपानी, चन्दननाथ, पटरासी, सिञ्जा, रारा हुटु, गमगढी र नग्मा क्षेत्रमा यो बीमा योजना लागू गरिएको छ । बीमा योजनाका लागि मौसम विभागको तथ्यांकका आधारमा गरिन्छ ।

शिखर इन्स्योरेन्सका आधारमा वर्षा भएको मापन हुने क्षेत्रमा मात्रै अहिले यो योजना लागू गर्न सकिएको छ ।

तस्बिर साैजन्य ः विष्णु पाेख्रेल


कमलकुमार बस्नेत