विद्युत प्राधिकरणका १६ सय कर्मचारीको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचिसहित)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै पटक झन्डै १६ सय कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैशाख २९ गतेको ७९६औं बैठकले सरुवा तथा काज फिर्ता गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले १ तहदेखि ९ तहसम्मका १५ सय ७४ कर्मचारी सरुवा गरेको हो । कर्मचारी सेवा विनियमावली अनुसार २०७४ चैत, २०७५ असोज र चैतमा हुनुपर्ने नियमित सरुवा रोकिँदा एकै पटक धेरै कर्मचारी सरुवा गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

करि १८ सय कर्मचारीले सरुवा गरिपाउँ भन्दै आवेदन दिएका थिए ।

लामो समयदेखि एकै ठाउँमा कार्यरत, व्यवहारिक कठिनाई परेका, विरामी भएका र सरुवा हुन चाहेका सबैलाई अनुकूल हुने गरी निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

कक्षा १० वा सोभन्दा तल अध्ययनरत छोराछोरीको अवस्था, विरामी वा व्यवहारिकरूपले टाढा जान नसक्ने कर्मचारीले प्रमाणसहित पेश गरेमा सरुवा थमौती हुने प्राधिकरणले जनाएको छ ।

‘विद्यालय अध्ययनरत विद्यार्थीका आमाबुवा वा कर्मचारीले सरुवा भएको कार्यालयमा रमाना हुन असुविधा भए छोराछोरीको भर्ना रसिद, नाता खुल्ने प्रमाणपत्र, यसबारे कार्यरत कार्यालयबाट यकिन गरिएको सिफारिसपत्र पेस गर्नुपर्ने छ,’ प्राधिकरणले भनेको छ ।

कसको कहाँ सरुवा भयो ? हेर्नुहोस् सूचि


पुष्प दुलाल