‘वर्षमान पुन र कुलमान घिसिङले ४ अर्ब २८ करोड घोटला गरे’



काठमाडौं । उर्जामन्त्री वर्षमान पुन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणको सञ्चालक समितिलाई ४ अर्ब २९ करोड घोटाला गरेको आरोप लागेको छ ।

संघीय संसदको प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद प्रकाश रसाइली स्नेहीले उर्जामन्त्री पुनसहित विद्युत प्राधिकरण सञ्चालक समितिले ४ अर्ब २९ करोड घोटाला गरेको दाबी गरे ।

‘यत्रो रकम नउठनु भनेको यहाँ ठूलै भ्रष्टाचार भएको छ भन्ने हो,’ उनले भने ।

डेढ दशकअघि मुलुक लोडसेडिङमा चुर्लुम्म डुबेको समयमा उद्योग धन्दा, कलकारखाना बन्द हुने प्रकृयामा रहेको समयमा तत्कालीन सरकारले उद्योगलाई डेडिकेटेड र ट्रक लाईन दिने क्रममा उक्त भ्रष्टाचार भएको सांसद रसाइलीको आरोप छ ।

प्राधिकरणले उद्योगीलाई दिएको विद्युत लाइनबाट अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेपनि व्यापारी र सरकारको मिलेमतोमा अहिलेसम्म ४ अर्ब २९ करोड रुपैयाँ राजश्व उठाउन नसकेको भन्दै उक्त रकम उर्जा मन्त्रालयले किन नउठाएको भन्दै यसको कारण समेत माग गरेका छन् ।

‘यत्रो रकम नउठनु भनेको यहाँ ठूलै भ्रष्टाचार भएको छ भन्ने हो,’ उनले भने ।

सांसद रसाइलीले मन्त्रालयले नै उक्त रकम उठाउन चासो नदेखाउनु भनेको त्यहाँ भ्रष्टाचार भएको दाबी गरे ।

सांसद रसाइली

‘तत्कालीन समयमा एउटा उपसमिति बनेको थियो । त्यो उपसमितिको प्रतिवेदनमा विद्युत प्राधिकरणमा मन्त्रालयका मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिलाई ४ अर्ब २९ करोड रुपैयाँ उठाउनु पर्छ भनेर निर्देशन दिएको थियो । आज त्यो प्रतिवेदन कहाँ लुकाएर राखेको छ थाहा छैन तर त्यो प्रतिवेदन हामीले पाएका छौं । मन्त्रालयले नेपाली जनताले तिरेको करबाट उठेको पैसा व्यापारीसँग मिलेर ठग्ने काम भएको छ ।’ उनले भने ।

नतिर्ने व्यापारीलाई कारबाही गर्नुको सट्टा मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिले ठूलो आर्थिक रकम हिनामिना गरेको भन्दै त्यस विषयमा सरकारले ध्यान दिन जरुरी रहेको उनको बताए ।

अहिले दिनमा दुई र रातमा चार गुणा भ्रष्टाचार हुँदा सरकार थाहा नपाएको जसरी पौडी खेलेर बसेको आरोप लगाए । इतिहासमा यो सरकार सबै भन्दा बढी भ्रष्टाचारी भएको उनको तर्क छ ।

बैठकमा सांसद रसाइलीले चिनियाँ गेजुवा कम्पनीलाई बिनाप्रतिस्पर्धा बुढिगण्डकी दिएकोमा विरोध जनाएका छन् ।

‘आज काँग्रेसले दिएको भए त्यो राष्ट्रघात हुने र कम्यूनिष्टले दिएको भएर त्यो राष्ट्रवाद भएको हो,’ उनले भने ।

यसअघि ओली प्रधानमन्त्री भएको समयमा बिनाप्रतिस्पर्धा गेजुवा कम्पनीलाई बुढिगण्डकी दिइएको थियो । तत्कालिन संसदीय समितिले तोक्यो र शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि योजना आयोगलाई अध्ययन गरेर यस विषयमा प्रतिवेदन मागे भएको थियो । प्रतिवेदन आएपछि प्रेट्रोल र डिजेलबाट ५ रुपैयाँ प्रतिलिटर उठाएर उक्त आयोजना आफै निर्माण गर्ने भनिएको थियो ।

‘ओली पुनः प्रधानमनन्त्री भएपछि बिनाप्रतिस्पर्धा गेजुवालाई दिइयो, किन बिनाप्रतिस्पर्धा दिइयो ?’ उनलने प्रश्न गरे,- ‘त्यसको जानकारी किन दिइएन ?’

पछिल्लो समयमा त्यो कम्पनी सरकारको सम्पर्कमा छैन भन्ने सुनेको भन्दै उनले त्यसको मतलब कमिशन नमिलेको हो ? भन्दै प्रश्न गरेका छन् ।

पहिला नै इन्धनबाट लागत भन्दा बढी पैसा उठेको छ, फेरि अहिलेको बजेटबाट १ रुपैयाँ थपिनुको कारण प्रष्ट पार्न उनले माग गरे ।

अहिले दिनमा दुई र रातमा चार गुणा भ्रष्टाचार हुँदा सरकार थाहा नपाएको जसरी पौडी खेलेर बसेको आरोप लगाए । इतिहासमा यो सरकार सबै भन्दा बढी भ्रष्टाचारी भएको उनको तर्क छ ।

‘यो सरकारको पालमा वाइडबडी, एनसेल फोर जी, डेडिकेटेड लाइनमा पनि भ्रष्टाचार भएको छ,’ उनले भने ।


पुष्प दुलाल