वाणिज्य बैंकको सेयर मूल्य ३ सय अनि लघुवित्त कम्पनीको ४/५ हजार ! लाज लाग्दैन ?: गभर्नर (भिडियोसहित)



अब मर्जरमा जान आवश्यक छ । मर्जर निकै आवश्यक भइसकेको छ । २०६२ सालमा नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाएर ५० करोडबाट बढाएर २ अर्ब पुर्यायो । १० वर्षको अवधिमा २ अर्ब पुर्याउने १ दर्जन बैंकहरुमा मात्रै भए । त्यो पनि निकै मेहनत गरेर हकप्रद जारी गरेर मात्रै पुुर्याएका हुन । त्यो समयमा १६ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त थिए । त्यो समयमा समस्याग्रस्तको लागि छुट्टै विभाग नै खोल्नु पर्यो ।

त्यो समयमा हामीले नीति गतरुपमा समय नै तोकेर मर्जर भन्नु परेको थियो । मर्जरमा जाओ भन्दा कल्चरलरुपमा निकै गाह्रो हुन्छ भनेर विभिन्न बाहना बनाउने भएकोले समय लिएर अघि बढ्नू भन्यौं । र, पछि राष्ट्र बैंकले २ अर्बको पुँजीलाई २ वर्षभित्र बढाएर ८ अर्ब पुर्याउन भन्यो ।

गभर्नरको निर्देशनः मर्जरमा जान तयार हुनुहोस्, मौद्रिक नीतिपछि रोइकराइ गर्न पाइँदैन

२ वर्षसम्म सबै बैंकका सिइओ र अध्यक्षहरु मेरो विरुद्वमा निकै लागे । यो गाह्रो छ, पुर्याउन सकिँदैन भनेर लागे । सिइओहरुको त नाफा कमाउनु पर्ने, आफ्नो जागिर जोगाउनु पर्ने बाध्यता थियो । त्यो बेला उनीहरुको आग्रह नेपाल राष्ट्र बैंकले सुनेन । त्यो बेला नसुन्दा आज पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । त्यो समयमा यो गलत भयो भनेर विरोध भयो । म ५० पटक संसदको अर्थ समितिमा जानु पर्यो । त्यो समयमा किन फिर्ता लिनु, कि समय थप्नु भनेर निकै दबाब आयो । हामीले दबाब खेपिसकेका छौं ।

८ अर्बको बैंकको ३ सय सयेरमूल्य अनि केही हजार समूहको कम्पनीको ४ हजार रुपैयाँ ? यो कुन हैसियतमा भयो ? भन्दा पनि लाज लाग्छ । के तपाईंहरुमा अलि अलि पनि फिलिङ छैन । मान्छेमा केही फिलिङ त हुनुपर्ने हो । अब तपाईहरुको सोच्ने बेला भयो ।

अब तपाईहरु जति नै रोइकराई गरेपनि केही हुँदैन । अब दिगो विकासका लागि हामी अघिबढ्दै छौं । बैंक वित्तीय संस्थाले जनताको विश्वास पनि हेर्नुपर्छ ।

जहाँ हामीलाई शंका लाग्छ, त्यहाँ हामीले तपाईंहरुको कुरा सुनेर दिर्घकालीनरुपमा हेर्ने हो । हामीले हरेक कुरा हेरिरहेका हुन्छौं । नेपालमा गाउँघरमा पैसा नै नपुग्ने समस्या छ । यस्तो हुँदा आर्थिक विकासमा सहयोग पुग्दैन । त्यसो भएर सबै तहमा बैंक पुर्याउन लागेको हो ।

त्यसको लागि काम हुँदैन भौगोलिकरुपमा केही ठाँउमा समस्या भएको छ । त्यो विस्तारै समाधान हुँदै जान्छ । अहिले ७२८ वटा तहमा शाखा पुगेको छ । जहाँ सुरक्षाको चुनौती, भौगोलिकरुपमा कठिन भएका ठाँउबाहेक सबै ठाँउमा शाखा पुगेको छ ।

लघुवित्त बैकर्स संघका अध्यक्ष जोशीले भने- गभर्नरसा’प राष्ट्र बैंकसँग सारै मन दुःखेको छ

सरकारले खर्च गर्न खोजेको पैसा तल्लो तहसम्म सिधै बैंकबाट जाओस भन्ने हो । अहिले वाणिज्य बैंक र माइक्रोफाइनान्सको क्रियाकलापमा के नै फरक छ र ? अहिले फन्ड क्राइसिन नहोस् भनेर कोर क्यापिटलको ३० गुणा बाहिरबाट ल्लाउन भनेका छौं । २/३ वटाले बाहिरबाट ल्याउने लागेका छन् । केही ल्याउने प्रक्रियामा छन् ।

विश्वासको बताबरण भए पैसा आउँछ । अब तपाईंहरुले आफ्नो इकोनोमिकल स्केल मर्ज भएपछि बढ्छ । मर्ज भएपछि क्यापिटल बेस बढ्छ । यो भएपछि विदेशबाट पैसा ल्याउन सकिन्छ ।

अहिले त माइक्रोफाइनान्समा फलानो फलानो मर्ज हुन लागेको छ भनेर ब्रोकरकोमा गएर मलाई यति सेयर दिनु भन्यो, यस्ता सबै गतिविधि राम्रो लाग्दैन । वित्तीय क्षेत्रको तल्लोस्तरमामा विकृति भित्र्याउनु हुँदैन भनेर राष्ट्र बैंक गम्भिर भएको छ । तपाईंहरु मेरो र केन्द्रीय बैंकको जति नै विरोध गर्नु केही फरक पर्दैन । अब राष्ट्र बैंक हेरेर बस्दैन ।

म धितोपत्र बोर्डमा अध्यक्ष भएर बसेको पनि हो । माइक्रोफइनान्स केही हजार समूहको सेयर मूल्य ४ हजार रुपैयाँ छ । ८ अर्बको बैंकको ३ सय सयेरमूल्य अनि केही हजार समूहको कम्पनीको ४ हजार रुपैयाँ ? यो कुन हैसियतमा भयो ? भन्दा पनि लाज लाग्छ । यस्तो कुनै पनि देशमा हुँदैन । कम्पनीमा मान्छेले पनि उस्तै खेल्ने । के तपाइहरुमा अलि अलि पनि फिलिङ छैन । मान्छेमा केही फिलिङ त हुनुपर्ने हो ।

सुरुमा उमेरमा जोश हुन्छ, उमेर ढल्दै गएपछि सोच आउँछ । अब तपाईहरुको सोच्ने बेला भयो । मैले पब्लिकलाई खत्तम पारेको रहेछु । ८ अर्बको बैंकको २ सय, हाम्रो केही समुहले सञ्चालन गरेको, गरिब निमुखालाई ऋण दिने संस्थाको सेयर मूल्य ४/५ हजार रुपैयाँ हुँदा यो बढी भयो भन्ने लाग्दैन ? यो गलत भनेर सोच्न सक्नुहुन्न ।

अहिले त माइक्रोफाइनान्समा फलानो फलानो मर्ज हुन लागेको छ भनेर ब्रोकरकोमा गएर मलाई यति सेयर दिनु भन्यो, यस्ता सबै गतिविधि राम्रो लाग्दैन । यसमा केही गर्नुपर्छ भन्ने लागेको छ ।

वित्तीय क्षेत्रको तल्लोस्तरमामा विकृति भित्र्याउनु हुँदैन भनेर राष्ट्र बैंक गम्भिर भएको छ । तपाईंहरु मेरो र केन्द्रीय बैंकको जति नै विरोध गर्नु केही फरक पर्दैन । अब राष्ट्र बैंक हेरेर बस्दैन ।

तपाईहरुले मेरा अघि राष्ट्र बैंकका अघि के गल्ती बोलेको छ थाहा पाउनु भएको छ । क्या उल्लु बनायौं भन्ने नसोच्नु होला । तपाईंहरुको अध्यक्ष पनि यहीँ हुनुहुन्छ, एक पटक बिचार गर्नु । मेरो चाहना भनेको राष्ट्र बैंकले तोक्न नपरोस् ।

अब दुई संस्था मर्ज भएपछि आधाको काम हुँदैन । कही अध्यक्ष रहने कही सिइओ रहने हुन्छ । यो हुँदा गाह्रो हुन्छ । त्यसमा तपाईंहरुले अब गाह्रो मान्ने हैन । अब जनताको हितमा काम गर्नु ।

नेपालमा माइक्रोफाइनान्स कम्पनीहरु जनताको हित चिताउँदै केन्द्रीय बैंकले फोर्स मर्ज नीति ल्याउनु परेन । आफैं हुन लागे भन्ने म्यासेज दिएर देखाउनु । मौद्रिक नीति आउन १ महिना बाँकी छ । लु यो अवधिमा भकाभक आउनु मर्जरको लागि । तपार्इंहरु सिइओ, अध्यक्षको लोभ छोडेर आउनु । अहिले तपाईहरुले के कमजोरी गर्नु भएको छ, सबैलाई थाहा छ ।

तपाईहरुले मेरा अघि राष्ट्र बैंकका अघि के गल्ती बोलेको छ थाहा पाउनु भएको छ । क्या उल्लु बनायौं भन्ने नसोच्नु होला । तपाईंहरुको अध्यक्ष पनि यहीँ हुनुहुन्छ, एक पटक बिचार गर्नु । मेरो चाहना भनेको राष्ट्र बैंकले तोक्न नपरोस् । हिँजोको जस्तो समय दिएर मर्जरमा जान नपरोस् । राष्ट्र बैंकले सोचेर निर्णय लिन्छ । कहाँ के छ भनेर हामीले अध्ययन गरेर मात्रै नीति बनाउने हो । तपाईहरुले भोलि रुन नपर्ने, नेताहरुकोमा जान नपर्ने, पावर लाउन नपर्ने बाताबरण बनाउनु ।

श्रीमान एउटा, श्रीमती अर्कोमा हुनुन्छ । यस्तो नगर्नु, मर्जर गराउनु । एकै पटक ४०/५० वटा संस्था मर्जरमा आउनु भयो भने हामीले अरुलाई पनि भन्न सजिलो हुन्छ ।

(आइविएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको कार्यक्रममा गभर्नर डा. चिरन्जिवी नेपालले राखेको मन्तव्य)


पुष्प दुलाल