लघुवित्त बैकर्स संघका अध्यक्ष जोशीले भने- गभर्नरसा’प राष्ट्र बैंकसँग सारै मन दुःखेको छ



काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त कम्पनिहरुलाई राष्ट्र बैकले सुरु गरेको मर्जरमा संस्थाको पूर्ण समर्थन रहेको बताएका छन् ।

यसका लागि संथाले कुनै सहयोग गर्नु परेमा तयार रहेको जानकारी दिए । आइबिएन मिडिया एण्ड रिसर्चले राजधानीमा आयोजना गरेको लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता कार्यक्रममा जोशीले अहिले लघुवित्त कम्पनिहरुको मर्जर नगरेको खन्डमा समस्या आउन सक्ने बताए ।

‘संस्थाहरु बढ्दै गएर हाल ९१ वटा र निकट भविश्यमा ११४ पुग्न लागेका छन्,अब हामी मर्जरमा नजाने हो भने भोलि समस्या आउन सक्छ, अहिले मर्जरमा जाने भनेपछि संस्थाहरुको हकप्रद रोकिएको छ,’ जोशीले भने ।

माईक्रोफाईनान्स कम्पनीहरुले गरिब र बिपन्न वर्गको हितमा काम गरेपनि यस्ता संस्थारुले दिने गरेको कृषि कर्जा खोसेर वाणिज्य बैकहरु आफैले दिने गरेकामा दुख व्यक्त गरे ।

उनले राष्ट्र बैकले दिने विभिन्न निर्देशनमा क, ख र ग वर्गका बैक तथा वित्तीय संस्थाहरुलाई बोधार्थ गराउने गरेको भए पनि माईक्रोफाईनान्सलाई वास्ता नगरेको गुनासो गरे ।

‘हामीलाई राष्ट्र बैकले धेरै बेवास्ता गरेको छ, अघिल्ला वर्षका वार्षिकोत्सबमा बोलाउने गरेको थियो, यो पटक बोलाएन मन निकै दुःखेको छ,’ जोशीले भने ।

कार्यक्रममा माईक्रोफाईनान्सका जानकार डा.भरत थापाले संस्थाबाट पैसा लिएपछि त्यो पैसा पैसा कहाँ कसरी लगानी गर्ने भन्ने जनचेतना जनतामा नभएको भन्दै चेतना चाहिएको बताए ।


क्लिकमान्डु