सरकारको बजेटः ओलीको गाउँमा साढे ४९ करोड, देउवाको गाउँमा १९ करोड



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गाउँ (दमक नगरपालिका)ले सरकारबाट ४९ करोड ६८ लाख रुपैयाँ बजेट पाएको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पार्टी सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिकाले जम्मा १९ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।

तपाईंको पालिकालाई ओली सरकारले कति बजेट दियो ? (पूर्णविवरण)

प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको गृहजिल्ला झापाले ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ भने देउवाको जिल्ला डढेलधुराले जम्मा १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।

अर्थमन्त्री खतिवडाले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेका थिए । अर्थ मन्त्रालयले आज मात्रै प्रत्येक स्थानीय तहलाई केन्द्रिय सरकारले बिवियोजन गरेको बजेट सार्वजानिक गर्दा यस्तो देखिएको हो ।


क्लिकमान्डु