मोदीले भ्रष्टाचारको आरोप लगाएपछि कुलमानले भने- प्रमाणित भए झुण्डिन तयार छु



काठमाडौं । आफू विरुद्ध भ्रष्टाचारको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्यकालमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

मंगलबार लेखा समितिको बैठकमा नेकपाका नेता अमनलाल मोदीले कुलमानले लोडसेडिङ हटाएको नाममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । मोदीको उक्त आरोपपछि कुलमानले भने, ‘मैले भ्रष्टाचार गरेको प्रमाणित भएमा झुण्डिन तयार छु, तर पछाडि हट्दिन् ।’

जवाफ दिँदै कुलमानले केही सांसदहरुले आफूलाई विभिन्न बाहनामा काम गर्न अवरोध गरेको दाबी समेत गरे । उनले कटारी सब–स्टेशन निर्माणको समयमा पनि सांसदले नै अवरोध गरेको दाबी गरे । उनले सांसदहरुलाई आगामी दिनमा यस्ता काममा अवरोध नगर्न पनि आग्रह गरे ।

लोडसेडिङ हटाउने कुलमानलाई मोदीले भने, ‘तपाईले भ्रष्टाचार गर्नुभयो’

‘अहिले डेडिकेटेड लाइन लिएका ग्राहकबाट विद्युत महशुल उठेको भएपनि ट्रंकलाइनमा समस्या छ’ कुलमानले भने । यसका लागि प्राधिकरणले प्रत्येक ग्राहकको चेकजाँच गरिरहेको र कसले कति बिल तिर्न बाँकी छ जानकारी हुने उनले बताए । प्राधिकरणले कसैलाई पनि विद्युत महशुलमा छुट नदिने समेत उनले दोहोर्याए ।

आफूभन्दा अघिका प्रबन्ध निर्देशकको तोक आदेशमा केही निर्णय भएकाले अहिले समस्या सिर्जना भएको उनको भनाइ थियो । त्यस विषयमा आफूहरुले छानबिन गरिरहेको बताए । छानविन गर्न बोर्ड सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा समिति बनाइएको र समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही हुन्छ हुने प्रष्ट पारे ।

संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टचार गरिरहेको आरोप लगाए पछि घिसिङले भ्रष्टाचार गरेको फेला पार्न चुनौती दिए ।

‘तपाईले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकेका छैनौं, एकातर्फ जनप्रतिनिधि भएर आफैं विकासका काम रोक्ने अर्कोतर्फ इमान्दारीका साथ रातदिन नभनी मुलकको लागि काम गरिरहेको व्यक्तिलाई भ्रष्टचार गर्यो भन्दै जथाभावी बोल्ने’आक्रोशित हुँदै कार्यकारी निर्देशक घिसिङले चुनौती दिए ।

‘भ्रष्टाचार गरेको प्रमाणित गर्नुहोस् झुण्डिएर मर्न तयार छु, सांसद हुँदैमा जथाभावी बोल्न पाइँदैन ।’

लेखा समितिले औद्योगिक तथा व्यापारिक ग्राहकसँग देखिएको डेडिकेटेट र ट्रंक लाइन महुशलका विषयमा देखिएको विवादका बारेमा छलफल गर्न ऊर्जा सचिव दिनेशकुमार घिमिरे, घिसिङ लगायतलाई डाकेको थियो । उनले सुरुमा डेडिकेटेट र ट्रंक लाइन महशुलका विषयमा देखिएको विवादका बारेमा प्रष्ट पारेका थिए । त्यसपछि सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

कुलमान विरुद्ध आक्रोशित भएका मोदीले लोडसेडिङ अन्त्य गरेको जसलिंदै संस्थाभित्र भ्रष्टचार गरेको आरोप लगाए । ‘२५ मेगावाटको सोलार प्लान्ट र कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टचार गरिएको छ, आफ्ना विद्युत्गृहबाट विद्युत उत्पादन नगरी कमिसनको खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ’,उनले आरोप लगाए ।

‘दम्भ बढ्दै गएको छ,प्रधानमन्त्रीले पनि गर्न नसक्ने त्रिशूली ३ बी हब सबस्टेसन अवरोध गरेको भन्दै स्थानीयलाई थर्काउने ?’त्यसपछि बोल्ने पालो पाएका कार्यकारी निर्देशक घिसिङले आरोप पुष्टी गर्न चेतावनी दिए ।


क्लिकमान्डु