पर्यटन प्रवद्र्धन गर्न तात्यो हिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्प्रेससँग सम्झौता



काठमाडौं। नेपालको पर्यटन प्रवर्धन गर्न हिमालयन बैंक अग्रसर भएको छ । हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल’ अभियान सुरु भएको छ ।

अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न र यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति गर्न अभिप्रेरित गर्ने छ।

अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्स्प्रेस कार्डधारी पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढि मर्चेन्ट पार्टनरहरुबाट बिशेष छुट पाउने छन्। मर्चेन्ट पार्टनरमा होटल, रेष्टुराँ, साहासिक खेल पर्यटन, स्थानिय कलाकृति पसल रहेका छन्।

‘एक्स्पेरियन्स नेपाल’ अभियान सन् २०२० जुन महिनासम्म चल्ने छ। पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसद्धारा आ–आफ्नो तर्फबाट विभिन्न देशहरुमा यो अभियान बारे प्रचार, प्रसार र प्रर्वद्धन गरिने छ।

हिमालयन बैंकले पनि यस अभियान अवधिभर आफ्नो वेवसाईट, सोसियल मेडियाका माध्यमबाट प्रचार प्रसार गर्नेछ ।

पत्रकार सम्मेलनमा अमेरिकन एक्स्प्रेसकी दिव्या जैनले अभियानले नेपालमा पर्यटन प्रवद्र्धनका साथै स्थानीय व्यवसायलाई प्रोत्साहन मिल्ने बताइन्।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले एक्स्पेरियन्स नेपाल २०१९ अभियानले नेपालको भ्रमण बर्ष २०२० अन्तर्गतनै पर्यटकहरुलाई जीवनको अविस्मरणीय अनुभुति गराउने उद्देश्य लिएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले यो अभियान नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।


पुष्प दुलाल