फास्ट ट्रयाकमा पर्ने काठमाडौंका ४५ परिवारलाई मुआब्जा लिन आउन १५ दिने सूचना



काठमाडौं । काठमाडौं तराई मधेश द्रुत मार्गमा पर्ने ४४ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय काठमाडौ.ले मुआब्जाका लागि आज एक सूचना प्रकाशित गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको गत फागुन ४ गतेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज मुआब्जा लिन आउन काठमाडौँको साविक भीमसेन स्थानका नागरिकलाई आग्रह गरेको छ ।

विगतमा मुआब्जामा सूचीकृत नभएका आयोजना प्रभावितलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नेपाली सेनाको मुख्याल जंगी अड्डामा निवेदन दिन सूचित गरिएको छ ।

काठमाडौं, तराई मधेश द्रुर्तमार्गको कार्यालय नेपाली सेनाको मुख्यालयमा रहेको छ । नेपाली सेनाको संयोजनमा निर्माण भइरहेको सो आयोजनाको हाल प्रारम्भिक काम भइरहेको छ । सेनाले कोरियाली कम्पनीको सहयोगमा निर्माण भइरहेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको छ । रक्षा मन्त्रालयले डिपिआर स्वीकृत गरिसकेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृति भएको भएपनि सार्वजनिक जानकारीका लागि तथ्य तथ्यांक सार्वजनिक भएको छैन ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेखित भएका व्यक्तिलाई आफ्नो कागजात सहित सम्पर्क गर्न हुन आग्रह गरेको छ ।


पुष्प दुलाल