राष्ट्र बैंकबाट खल्तीले पायो विद्युतीय कारोबार गर्ने अनुमति



काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जालतथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमतिप्राप्त गरेको हो ।

डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत आन्तरिक मनि ट्रान्सफर र अन्यविभिन्नकिसिमकामोबाईल वित्तीय सेवाहरू पनिउपलब्धहुनेछन् ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो ।

सुरुवातदेखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन यस कम्पनी थप उत्प्रेरित बनेको छ ।

अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रीत हुने बताइएको छ ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ-कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

खल्ती एप प्रयोग गरी साना-ठूला खुद्रा पसलमा क्यु-आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढिरहेको छ ।


पुष्प दुलाल