जनता बैंक छाडेका अजय मिश्र युनाइटेड फाइनानसको सीइओ नियुक्त



काठमाडौं । युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय मिश्र नियुक्त भएका छन् । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उनलाई सिईओको रुपमा नियुक्त गरेको हो ।

मिश्र केही समयअघि मात्रै जनता बैंकको डेपुटी सिइओबाट बाहिरिएका थिए ।

त्यसअघि सिद्धार्थ डेभलपमेन्ट बैंकका सीइओ रहेका मिश्र सिद्धार्थ बैंक जनता बैंकसँग मर्ज भएपछि डेपुटी सीइओको रुपमा काम गर्दै आएका थिए ।

युनाइटेड फाइनान्स चौधरी ग्रुपले प्रवद्र्धन गरेको कम्पनी हो । यो कम्पनीमा सुनचाँदी धितो राखेर ऋण दिने भारतको मुथुत फाइनान्सको प्रवद्र्धक मुथुत समूहले पनि लगानी गरेको छ । यो कम्पनीमा मुथुत ग्रुपले ४० करोड रुपैयाँ लगानी गरेको हो । 


पुष्प दुलाल