अनिल शाहले भनेः नबिल बैंक र मलाई जोडेर सेयर बजारमा चलखेल नगर्नु



काठमाडौं । पछिल्लो समय नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले गरेको टिप्पणी निकै चर्चामा छ ।

उनले एनआईसी एशिया बैंकको विषयमा गरेको टिप्पणी होस् या एनबी बैंकसँगको मर्जरको विषय यो विषय चर्चामा छ । नेपाल बंगलादेश बैंकलाई नेप्सेले नबिल बैंकसँगको मर्जरको विषयमा स्पष्टिकरण समेत सोधेको छ । एनबीले मर्जरमा नजाने भनेर स्पष्टिकरण दिएको छ ।

विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

अनिल शाह के सेयर मूल्य बढाउनको लागि टिप्पणी गर्दै हिडेका छन् ? किन उनको विषयले सेयर बजारमा चर्चाको विषय बनेको छ । क्लिकमाण्डूले अनिल शाहलाई यो विषय प्रश्न गरेको थियो । उनको जवाफ जस्ताको तस्तै

सबैभन्दा पहिला मैले सेयर बजारमा लगानी गरेको छ । मेगा बैंकमा कार्यरत रहदा कर्मचारीले पाउने सेयर बाहेक मसँग सेयर छैन । म बैंकको सिइओ हो । सेयर बजारमा लगानी गर्ने भन्ने विषय अर्को पाटो हो । कुन कम्पनीको सेयर बढ्छ घट्छ भनेर मैले हेरेर विश्लेषण गर्न सक्दिन । त्यसैले मैले सेयर बजार बढाउनको लागि चलखेल गर्ने कुरा छैन ।

हामीले ८ अर्ब चुक्ता पुँजी हकप्रद र थप सार्वजनिक निष्कासन(एफपिओ) जारी नगरेर पुर्याएका हौ । अब हामी मर्जरमा जाने भन्ने नै छैन ।

म आफुले ३० वर्षसम्म बैकिङ क्षेत्रमा बिताएको छु । धेरै कुरा सिकेको पनि छु । एनआईसी एशिया बैंकको विषयमा मैले भनेको शाखा विस्तार व्यवसाय सिक्नुपर्ने खालको छ भन्ने हो । त्यो बाहेक मैले टिप्पणी गरेको छैन ।

अर्को विषय नबिल बैंकको मर्जरको कुरा हो । नबिल बैंक र एनबी बैंकको मर्जरको विषय हल्ला आएको छ । नबिल बैंक कसैसँग मर्जरमा जाने छैन । हामीले ८ अर्ब चुक्ता पुँजी हकप्रद र थप सार्वजनिक निष्कासन(एफपिओ) जारी नगरेर पुर्याएका हौ । अब हामी मर्जरमा जाने भन्ने नै छैन । हाम्रो आफ्नो व्यवसायिक प्लान छ । त्यो अनुसार नबिल बैंक हिडेको छ ।

एनबी बैंकका सिइओ बैकर्ससँगका अध्यक्ष हुनुहुन्छ । उहाँसग मेरो विवादपनि छैन । एनबीसँग हाम्रो कुनैपनि खालको मर्जरको कुरा भएको छैन ।

म आफै अहिले आश्चर्यमा परेको छु । मलाई जोडेर सेयर बजार बढाउन वा घटाउन कोही नलाग्नुहोस् । एउटा अनिल शाहले सेयर बजार घटाउने वा बढाउन सक्ने क्षमता राख्दैन । यसमा लगानी धेरै नै कुरा बुझेर गर्ने हो । कसैले बढाउन वा घटाउन सक्दैन । आज अनिल शाहलाई प्रयोग गर्ने भोलि अर्कोलाई गर्ने त्यो राम्रो होइन ।

नविल Vs एनआइसी एशियाः कुन बैंकको सेयर किन्दा ठीक ? (प्राविधिक विश्लेषण)

यसरी व्यक्तिलाई जोडेर सेयर बजारमा खेल्ने तरिकाले बजारलाई राम्रो गर्दैैन ।


क्लिकमान्डु