केएल दुगडले ल्यायो चनाको सात्तू, कति पर्छ मूल्य ?



काठमाडौं । केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन चनाको सात्तू ल्याएको छ । हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ज्ञान चनाको सत्तू उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटि, पिसि मेटालिक प्याकेटमा प्याक गरिएको हुन्छ ।

ज्ञान सत्तूलाई पानीमा घोलेर स्वादअनुसार विरेनून वा साधानून, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जि ड्रिङ्कको रुपमा सेवन गर्न सकिन्छ वा पानी र दुधसँग घोलेर बाक्लो हलुवाको रुपमा पनि खान सकिन्छ ।

यसबाट विभिन्न स्वादिष्ट मिठाई तयार गर्न सकिन्छ । यो पेट र पाचनको लागि राम्रो आहार हो । गर्मीको मौसममा यसको सेवनले शितलता प्रदान गर्नुका साथै शरिरमा स्फूर्ती प्रदान गर्दछ ।

ज्ञान सत्तू एक स्वच्छ, स्वादिष्ट तथा पौष्टिक आहार हो, जसमा प्रोटिन प्रचूर मात्रामा पाईन्छ । कम्पनीले मूल्य भने खुलाएको छैन ।


पुष्प दुलाल