महासंघको साधारणसभाका ४ उपलब्धी, के के हुन् ती ?



काठमाडौं । निजी क्षेत्रको सर्बोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५३औं वार्षिक साधारणसभा सकिएको छ । महासंघमा विधान संसोधनको मुद्दा मूख्य भएपनि त्यो काम विषेश साधारणसभामार्फत् हुने भएको छ ।

त्यसो भए साधारणसभाले के उपलब्धी गर्यो त ? साधारणसभाले मूख्य ४ उपलब्धि गरेको महासंघ अध्यक्ष भवानी राणा बताउँछिन् ।

साधारणसभाको अवसरमा महासंघले ७ वटै प्रदेशका मूख्यमन्त्री र महासंघका ७ वटै प्रदेशका अध्यक्षबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । यो निकै ठूलो उपलब्धि भएको अध्यक्ष राणाको ठहर छ ।

‘७ वटै प्रदेशका मूख्यमन्त्री र महासंघका प्रदेश अध्यक्षबीच एउटै फोरममा अन्तरक्रिया भएको छ,’ राणाले भनिन्, ‘मूख्यमन्त्रीज्यूहरु आफ्नो प्रदेशमा लगानी भित्र्याउन लागि पर्नुभएको छ । केही समस्या भए लिखित रुपमा दिनुहोस् हामी समाधान गर्छौं भन्नु भएको छ ।’

मूख्यमन्त्रीहरुसँग महासंघका सदस्यहरुले एउटै फोरममा बसेर छलफल गर्दा लगानीको सकरात्मक वातावरण बनेको उनको ठम्याइ छ ।

दोस्रो उपलब्धि हो महासंघका साधारण सदस्यहरुले अर्थमन्त्री युवराज खतिवडा र उद्योगमन्त्री मातृका यादबसँगको अन्तरक्रिया । सदस्यहरुले प्रत्यक्षरुपमा अर्थमन्त्री र उद्योगमन्त्रीसमक्ष आफ्ना मागहरु राखेका थिए । र, सुझाब दिएका थिए ।

‘विधान संसोधन महासंघको आजको आवश्यकता हो, संघीय संरचना अनुरुप महासंघलाई अघि बढाउन विधान संसोधन आवश्यक छ, ‘कसैलाई काखा र कसैलाई पाखा गर्न विधान संसोधन गर्न लागिएको होइन ।’

खासगरी अर्थमन्त्रीसँग कर र ब्याजदरका विषयमा अनि उद्योगमन्त्रीसँग जग्गाको हदबन्दी लगायतका विषयमा छलफल भएको थियो ।

‘अर्थमन्त्री र उद्योगमन्त्रीज्यूले व्यवस्थायीका सुझाबलाई गंभीररुपमा लिनुभयो । र, कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो,’ राणाले भनिन् ।

त्यसैगरी, महासंघले आफ्ना पूराना अध्यक्ष महेशलाल प्रधानलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ ले सम्मानित गरेको छ ।

‘हामीले महासंघका निकै ठूलो योगदान दिनुभएका पूर्वअध्यक्ष महेश्वरलाल श्रेष्ठज्यूलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित गरेका छौं,’ उनले भनिन्, ‘यो हाम्रो अर्को उपलब्धि हो ।’

चौथो उपलब्धि हो अधिकांश पूर्वअध्यक्षहरुलाई एकै ठाउँमा भेला पार्नु ।

महासंको साधारणसभामा देशभित्र रहेका सबैजसो पुर्वअध्यक्षहरु उपस्थित थिए ।

‘सबै पूर्वअध्यक्षहरुलाई एउटै ड्यासमा राख्नु पनि हाम्रो उपलब्धि हो, यसले महासंघ एकतावद्ध छ र शशक्त ढंगले अघि बढिरहेको छ भन्ने प्रमाणित गर्छ,’ राणाले भनिन् ।

त्यसैगरी सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई निजी क्षेत्रले पनि सँगसँगै मनाएर जाने निर्णय भएको छ ।

विधान संसोधन गर्ने र नगर्ने दुबै विषयमा सभामा सदस्यहरुले कुरा उठाएको अध्यक्ष राणाले बताइन् ।

‘विधान संसोधन महासंघको आजको आवश्यकता हो, संघीय संरचना अनुरुप महासंघलाई अघि बढाउन विधान संसोधन आवश्यक छ,’ उनले भनिन्, ‘कसैलाई काखा र कसैलाई पाखा गर्न विधान संसोधन गर्न लागिएको होइन ।’

विधान संसोधनको प्रस्ताब विषेश अधिवेसनमा लैजाने उनले बताइन् ।


पुष्प दुलाल