रसुवागढी र साञ्जेनको १ अर्ब ५४ करोड बढीको आइपिओ वैशाख ६ गतेदेखि



काठमाडौँ । रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले आगामी वैशाख ६ गतेदेखि प्राथमिक शेयर( आइपिओ) बिक्री गर्ने भएका छन । ती आयोजनाले कूल १ अर्ब ५४ करोड मूल्य बराबरको सेयर बिक्री गर्न लागिएको हो ।

रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको साधारण सेयर बिक्री गर्न लागेको हो । त्यसमा ४ लदाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी, ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।

त्यस आधारमा सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर बिक्री गर्ने छ । यस्तै सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्री गर्नेछ ।

त्यसमा २ लाख ७३ हजार ७५० कित्ता शेयर सामुहिक लगानी कोष र २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टयाई ४९ लाख ८२ हजार कित्ता प्राथमिक सेयर बिक्री गर्न लागिएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा जेठ ५ गतेसम्म हुने छ ।

सर्वसाधारण शेयरधनीले दुबै आयोजनामा न्यनतम ५० कित्ताको लागि आवेदन दिन सक्नेछन्। त्यस्तै रसुवागढी जलविद्युतको आइपिओमा अधिकतम ५००० कित्ता र सान्जेन जलविद्युतको आइपिओमा अधिकतम २००० कित्तासम्मको लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था मिलाइएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

आयोजनाको संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण लगायत रहेका छन् । संस्थापक तर्फको शेयर पूँजी ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर पूँजी ४९ प्रतिशत रहेको छ ।

पछिल्लो पटक सरकारले ती आयोजनालाई समेत जनताको जलविद्युत्मा समावेश गरी प्रक्रिया अगाडि बढाएको छ ।


पुष्प दुलाल