सिएनआईको अध्यक्षमा शतिष मोर, कार्यकाल २ वर्ष कायम, पदाधिकारीमा को आए ?



काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा शतिष मोर चुनिएका छन् । बरिष्ठ उपाध्यक्ष रहेको मोर अध्यक्ष चुनिने पक्का थियो ।
परिसंघको १६ औ साधारणसभाले उपाध्यक्षहरुमा अनुज अग्रवाल,सुलव अग्रवाल,निर्वाण चौधरी,बिष्णु अग्रवाल,राजेश अग्रवाल,कृष्ण अधिकारी विरेन्द्रराज पाण्डेलाई उपाध्यक्षमा चुनेको हो ।

उपाध्यक्षमा चुनिएका पाण्डे बाहेक अन्य सबै यसअघि नै उपाध्यक्ष थिए ।

सिएनआईमा बरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रचलन छ । हालका उपाध्यक्ष मोर अध्यक्ष चुनिएपनि बरिष्ठ उपाध्यक्ष कसैलाई बनाइएको छैन । गर्भरनिङ काउन्सिलले बरिष्ठ उपाध्यक्ष बनाउने छ ।

सिएनआईले कार्यसमितिको कार्यकाल भने यो पटकबाट घटाएको छ । तीनवर्षको लागि अध्यक्ष चुनिएपछि कार्यकाल हुने गरेकोमा अब दुईवर्ष मात्र कार्यकाल हुने भएको हो ।


क्लिकमान्डु