प्रतिमेगावाट साढे १५ करोडमै बनेपछि हिमालय उर्जाको सेयरमा आकर्षण, ४ गुणा बढी आवेदन



काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले निष्काशन गरेको साधारण सेयरमा ४ गुणा बढी आवेदन परेको छ । सय रुपैयाँ अंकित दरका १३ लाख ६६ हजार कित्ता सेयर निष्काशन गरेकोमा ५१ लाख ३७ हजार ५ सय ५० कित्ता सेयर माग आवेदन परेको छ ।

कम्पनीले यही चैत २० गतेदेखि निष्काशन गरेको आइपिओमा सोमबार साँझसम्ममा ७२ हजार आवेदकले ५१ करोड ३७ लाख ५५ हजार रकम बराबरको माग आवेदन गरेका हुन् ।

अहिले बजारमा आएकाज लविद्युत् कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारणले लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएर माग भएभन्दा ४ गुण बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाशदुलालले बताए ।

‘कतिपय जलविद्युत् आयोजनाहरुको शेयर विक्री नभएको अवस्थमा ४ गुणा बढी आवेदन हुनुले हिँजो जस्तो जुनसुकै कम्पनीमा लगानी गर्ने भन्दा पनि कम्पनी छनौट गरेर प्राथमिक शेयर लगानी गर्ने प्रवृत्तिको विकास भएको देखिन्छ,’ उनले भने ।

कम्पनीले रामेछाप र दोलखाजिल्लाको सिमाभएर बहने खिम्ती खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती २ गरी कुल १९ मेगावाट क्षमताका काआयोजनाहरु निर्माण गरिरहेको छ ।

विवरण पत्रमाउल्लेख भएअनुसार १९ मे.वा. निर्माण गर्नको लागिलागतकरिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रतिमेगावाट लागत करिव १६ करोड ५६ लाख रुपैयाँमात्र रहेको छभने दुवै आयोजना यही २०७६ आसाार मसान्तमा सम्पन्न हुने छन् ।


पुष्प दुलाल