काठमाडौमा किन हुँदैछ लोडसेडिङ ?



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा लोडसेडिङ गर्ने भएको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमध्ये काठमाडौं महानगरपालिकाका बालाजु, वनस्थली, ढुंगेधारा, बोहराटार र तारकेश्वर नगरपालिको फटुङ, सांला, मनमैजु, नेपालटार, धर्मस्थली, जरंखु, जितपुर, गोलढुंगा, गुहेश्वरी, लोलाङ, शेषमती लगायतका स्थानहरुमा लोडसेडिङ गर्ने भएको छ ।

समय समयमा विद्युतको पोल, तार तथा टान्सफर्मर फेर्ने कार्य गरिएकोमा विभिन्न इन्टरनेट लगायतका विभिन्न सेवा प्रदायकहरुले तार, फाइवर जस्ता संरचना नयाँ पोलमा नलगी पुरानो पोलमै छाड्ने समस्याले गर्दा नयाँ तथा पुरानो विद्युतीय संरचनामा आगलागी हुने, एवं पुरानो पोल फिर्ता गर्ने वा झिक्ने कार्य गर्न नसकिएकोले लोडसेडिङ गर्न लागिएको हो ।

लोडसेडिङ कुन समयमा हुने भन्ने बारेमा केही जानकारी नदिइपनि दिँउसोको समयमा ती क्षेत्रमा विद्युत् काटिने छ ।


पुष्प दुलाल