विवादित पप्पूलाई हटाएर राष्ट्र बैंकको पौने २ अर्ब रुपैयाँको ठेक्का सिस्को समानान्तर जेभीलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकको भवन बनाउने ठेक्का सिस्को समानान्तर जेभी काठमाडौंले पाएको छ ।

यसअघि यसअघि कम रकममा बोलकबोल गरेपछि पप्पू कन्स्ट्रक्सन ले राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाएको थियो । सार्वजानिक खरिद ऐनमा जसले कम बोलकबोल गर्छ उसैलाई ठेक्का दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम राष्ट्र बैंकको भुकम्पले भत्काएको भवन निर्माण गर्नका लागि पौने २ अर्ब रुपैयाँको ठेक्का पप्पूले पाएको थियो ।

त्यसो त पप्पूले राजनीतिक पहुँचका आधारमा ठूला ठेक्काहरु पनि पाउँदै थियो ।

बालुवाटारमा निर्माण गर्न लागिएको ६ तले भवनको निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी र पप्पुले संयुक्त रूपमा दिइएको थियो ।

तर विभिन्न आयोजनामा बदमासी गरेको र त्यसका सञ्चालक हरिनारायण रौनियार समेत पक्राउ परेपछि बैंकको भवन बनाउने विषयमा विवाद हुँदै आएको थियो ।

पछिल्लो पटक राष्ट्रिय पुनः निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन निर्देशनालयले सिस्को समानान्तर जेभीलाई १ अर्ब ८६ करोड २२ लाख ७१ हजार ५१५ मूल्य अभिवृद्धि कर बाहेक भवन बनाउने जिम्मा दिएको हो ।

यसअघि विवादित ठेकेदार पप्पूलाई कूल २ अर्ब ६ करोडमा भवन बनाउने प्रस्ताव गरेको थियो । सार्वजनिक खरीद ऐन अनुसार सबैभन्दा कम मूल्यष्मा बोलपत्रमा सहभागी हुनेलाई भवन बनाउन दिनुपर्ने प्रावधान रहेको छ ।

तर विवादित ठेकेदार पप्पूलाई नदिइएपछि अर्को कम्पनी सिस्को समानान्तर जेभीले पाएको हो । 


पुष्प दुलाल