सेबोन अध्यक्ष रेवतबहादुरले अपमान गरेको भन्दै ब्रोकर संघको आपत्ति, यस्तो ज्ञापनपत्र बुझायो



काठमाडौं । सेयर ब्रोकरहरु धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीमाथि खनिएका छन् ।

बोर्डका अध्यक्ष डा कार्कीले मंगलबार अर्थ समितिको बैठकमा ब्रोकरको गाली गजौल गरेको भन्दै सामूहिक ज्ञापनपत्र बुझाएका छन् । ब्रोकरहरुले आज बोर्डमा पुगेर सामुहिक ज्ञापनपत्र बुझाएका हुन् ।

समितिको बैठकमा बोर्ड अध्यक्ष डा. कार्कीले सांसदहरुकै अगाडि अपमान गरेका गरेका थिए । उनले बैंकलाई ब्रोकर लाईसेन्स दिन लाग्दा आफुलाई महासत्रु भनेको आरोप लगाएका थिए ।

सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ?

ज्ञापनपत्रमा भनिएको छ, ‘अर्थसमितिद्धारा आयोजित छलफल कार्यक्रममा अध्यक्ष डा. रेवत बहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरु सुशासित, सक्षम तथा प्रतिस्पर्धी नभएको भन्ने कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाएका छन् । हामी सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु अध्यक्ष डा. रेवत बहादुर कार्कीको त्यस्तो कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण अभिव्यक्तीको घोर निन्दा र भत्सर्ना गर्दछौं ।’

नेपाल धितोपत्र बोर्डले बनाएका नीति–नियमहरु बमोजिम धितोपत्र दलाल व्यवसायीहरुले हालसम्म पनि ग्राहकको लागि धितोपत्रको खरिद–बिक्रि गरिदिने र सोको राफसाफ गरिदिनेभन्दा बाहेकका अन्य कार्यहरु गर्न नपाईने व्यवस्थाको अध्यक्ष डा. कार्कीलाई जानकारीसम्म नभएको हो की भन्ने उहाँको अभिव्यक्तिबाट हामीले महसुस गरेका छौं’ ज्ञापन पत्रमा उल्लेख छ ।

सेयर ब्रोकरसँग सुशासन पनि छैन, क्षमता पनि छैनः सेबोन अध्यक्ष रेवतबहादुर कार्कीको बिचार

अहिलेसम्म ब्रोकरबाट दिइएका वस्तुपरक सुझावहरुलाई बेवास्ता गरी अहिलेसम्म अध्यक्ष डा. कार्कीद्धारा पूर्वाग्राही भएर कुनै पनि कार्यहरु नगरेको सबैले अनुभव गर्दै आएको उनीहरुको आरोप छ ।

अनावश्यक रुपमा विभिन्न बहानामा दोश्रोबजारका प्रत्यक्ष सेवा प्रदायक धितोपत्र दलाल व्यवसायीहरुलाई कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाई थप हतोत्सायी गर्ने तथा आधारहिन झुठा आरोपहरु लगाउने कार्यहरु बारम्बार भइरहेको प्रति उनीहरुले दुख व्यक्त गरेका छन् ।


क्लिकमान्डु